२८ पुस २०८२ सोमबार
image/svg+xml
कुमारी लामा


कुमारी लामाका लेखहरु :

गर्भको माया बोकेर आगोसँग लडिरहेकी थिई ‘काली’ !

भैँसी गुनिलो थियो र दूधालु पनि। घरमुलीले उसलाई मायाले ‘काली’ भन्थे। भैँसी अर्को महिना ब्याउने थियो। यो भैँसी बागलुङ, ताराखोला गाउँपालिका–१ भुस्कातकी माया विकले ऋण काढेर किनेकी थिइन्।

‘डिजिटल’ नेपालको निर्माणको अभियानमा सूचना सञ्चार प्रविधिको उपयोग

इन्टरनेटको विश्वव्यापी सञ्जाल र बढ्दो पहुँच, आर्टिफिसियल इन्टेलिजेन्सलगायतका नवीनतम् प्रविधिको तीव्र विकास, सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको क्रमिक रूपमा व्यापक प्रयोग आदिले पनि यस क्षेत्रको महत्व दर्साउँछ ।

शिक्षामा सरकारको खेलाँची

कक्षा १२ सम्म जेनतेन पढिरहेका अबोध बालबालिकाहरू कक्षा १२ को परीक्षा उत्तीर्ण गरेपछि आफ्नो भविष्य अन्धकार देख्छन्। र, ४०/४५ डिग्रीको राप सहन खाडी मुलुकतिर भौँतारिन्छन्। अभिभावक तितो मन पार्दै बाध्य भएर आफ्ना छोराछोरीलाई अर्काको मुलुक पठाउँछन्।

साइबर बुलिङको सकस

साइबर बुलिङ भन्नाले इन्टरनेट, सामाजिक सञ्जाल वा डिजिटल माध्यम प्रयोग गरी कसैलाई मानसिक, भावनात्मक वा सामाजिक रूपमा चोट पुर्‍याउनु हो।

रातो मछिन्द्रनाथको कथामा भ्रम र यथार्थ

ऐतिहासिक पात्र र घटनाको विषयलाई लिएर साहित्यकारहरूबाट अनेकौं कविता, काव्य, कथा, उपन्यास, नाटक आदि सिर्जना भइरहेको देख्न पाइन्छ।

दरिलो, बलियो र राम्रो पुनर्निर्माण

विपद्पछि राहत, उद्धार तथा पुनर्निर्माणका लागि स्पष्ट नीतिहरू तीनवटै तहका सरकारहरूमा हुन आवश्यक छ।

तीखो हरक समयको

आँखालाई अलिकति शितल दिने छन् केही रुखहरु अघिल्तिर । मस्तिष्कीय खुराक छन् केही पुस्तकहरु टेबलमा । छ केही सम्झना पनि यहीँ कतै । र, यतिखेर सम्झना केलाउनुको आनन्द छ । टुप्लुक्क झुल्किदिन्छ सम्झनासँगै पीडा जस्तो केही । सायद तीखो हरक समयको ।

पारिज्यादमः एक उच्छ्वास

खचाखच छ ती धान खेत आज कंक्रिट भवनहरुले। म मात्र कल्पना गर्न सक्छु त्यसबखत असारमासको किसानहरुको धान रोपाइँ चटारो। तर ती सब एक सुदूर विगत भइसकेको छ। तिम्रो प्रिय मित्र बारबारा निम्री अजीजले तिमीसँगको पहिलो भेटको प्रसंगमा भनेको कुरा अझै ताजै छ पारिज्यादम।

साउनी माफ गर्नु ल...

मैले बिदाइको हात हल्लाए पनि नाम सोध्न चाहिँ बिर्सेकै हो। तर त्यो गोलो गोलो चेहेरा, चिम्सा आँखा, खिरिलो ज्यान र मीठो स्थानीय सेर्पिनी लबज सम्झेकै छु। तिम्रो हार्दिकता टाँगिएको अनुहार। हामी छुट्टिने त्यो सबेर बिहानीका तिम्रा निद्रालु आँखा र बिसन्चिएको त्यो नानीको अबोध अनुहार पनि अझै आँखैमा छ।

सम्झना शृंखला

युवा महत्वाकांक्षाले तय गरिदिन्छ खाडी यात्रा, बेहोर्छन् अरबको तातो कहर र पार्सल भई देश भित्रिन्छन् कतिपय । यस्तै यस्तै छ सपनाले पु-याएको दुनियाँका कुरा । कहिलेकाहीँ सपना निकै महँगो भइदिन्छ । रित्तिन्छ गाउँहरु अनि टुक्रिन्छन् परिवार र मन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्