कमेडी दरबारको पर्दामा देखिएर चर्चामा आएका कमेडियन सुन्दर खनालले आफ्नो छुट्टै हास्य शो लिएर आउने भएका छन्। उनले एक टिजर सार्वजनिक गर्दै शोबारे छोटो जानकारी दिएका हुन्। खनालको शोको नाम 'कमेडी बाज' रहेको छ। शोको सार्वजनिक टिजरमा एक्सनलाई विशेष प्राथमिकता दिइएको देखिन्छ तर शोको फर्मेटबारे भने जानकारी गराइएको छैन।
कमेडी बाज रोस्टिङ शो हुनेछ। विभिन्न क्षेत्रका पाहुनाहरूलाई निमन्त्रणा गरिन्छ र कमेडी प्रस्तुत गरिन्छ।
शोबारे सुन्दर भन्छन्, शोको मूल अवधारणा ‘ब्याटल’ फर्म्याटमा आधारित छ। अहिलेका लागि यत्ति भनौं बाँकी पूरा एपिसोडमा हामीले अवश्य देखाउनेनै छौं। सुन्दरका अनुसार शो इमेल टेलिभिजन र सुन्दर खनाल युट्युवमार्फत सार्वजनिक गरिनेछ।
टिजरमा शोका होस्टहरू सुन्दर खनाल र आरती थापालाई औपचारिक रूपमा सार्वजनिक गरिएको छ। साथै अन्य कमेडियनहरू पवन खतिवडा (म्याकुरी), विश्वास तिमल्सिना (बिटी कान्छा), सरोज भण्डारी, सीता न्यौपाने, सुशान्त बस्याल, आशिष न्यौपाने, निश्चल अर्याल लगायतका कलाकारहरू पनि हुनेछन्। शो यही वैशाखको दोस्रो सातादेखि प्रसारण हुने भनिएको छ।
कमेडी बाजमा देखिएका अधिकांश कमेडियन कमेडी दरबारमा आबद्ध छन्। यसबारे भने उनीहरूले दुवै शोमा देखिने प्रष्ट पारेका छन्।
प्रकाशित: ४ वैशाख २०८३ १३:४७ शुक्रबार





