२३ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

गायिका पेमाकाे ‘छम छम नाच्ने हो कम्मर भाच्ने हो’ तीज गीत सार्वजनिक

गायिका पेमा शेर्पा राईकाे ‘छमछम नाच्ने हो कम्मर भाच्ने हो’ तीज गीत सार्वजनिक भएकाे छ।

निशा राई र पवित्रा गुरुङले गायिका शेर्पालाई स्वर खिप्न साथ दिएका छन्। श्यामकुमार बानियाँकाे शब्दलाई संगीतकार ओमप्रकाश राईले संगीत मार्फत जीवन्तता प्रदान गरेका छन्।

सञ्जु मोक्तान, मन्दिरा शिवाकोटी, अमिषा रिसाल, अनिता केसी, दुर्गा घिमिरे, कल्पना मगर, दिप्ती महत, कञ्चन गुरुङ, मञ्जिला शिव, अब्जिला चौधरी, राज रुम्बा र अन्जल शाहको अभिनय र नृत्य रहेको छ।

उक्त ‘छम छम नाच्ने हो कम्मर भाच्ने हो’ गीतको भिडियोमा छायांकन अरुण न्यौपाने, सम्पादन ओम प्रसाई, कोरियोग्राफी नवराज बस्नेत र निर्देशन ओमप्रकाश राईको रहेको छ।

प्रकाशित: २९ श्रावण २०८२ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App