२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘भ्यालेन्टाइन डे’ मा आउँदै छ ‘रमिताको पिरती’

नेपाली चलचित्र ‘रमिताको पिरती’ को अफिसियल टिजर युट्युब मार्फत सार्वजनिक गरिएको छ।

टिजरमा अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ। लोकप्रिय गायक समिर श्रेष्ठले यसै फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गर्दै मुख्य भूमिकामा देखिएका छन्।

टिजरमा अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुशी, दुःखदेखि हृदयवेदनासम्मका विभिन्न भावनात्मक अवस्थाहरूमा देखाइएको छ, जसले फिल्मले एउटा युवतीको गहिरो कथा बोकेको संकेत गर्छ।

टिजर हेर्दा फिल्म केही फरक लाग्छ। एक युवतीको मनोविज्ञानलाई फिल्मले बोलेको देख्न सकिन्छ। सेरो फिल्मस्को प्रस्तुतिमा यो फिल्म तयार भएको हो।

यो फिल्म विशेष रूपमा एक महिला पात्रको कथा प्रस्तुत गर्छ र झनै रोचक कुरा फिल्मलाई लेखन र निर्देशन महिला निर्देशक सुदीप्ताले गरेकी छन्।

फिल्म आउँदो भ्यालेन्टाइन २०२६ अर्थात् माघ २३ मा सार्वजनिक हुँदैछ। फिल्मका निर्माता सागर लम्साल हुन्।

फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।

अफिसियल टिजर बुढा सुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ।

प्रकाशित: १४ मंसिर २०८२ ११:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App