२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘रोल्पा घोषणापत्र’ जारी गर्दै राष्ट्रिय वालसाहित्य सम्मेलन सम्पन्न

मानसपटलमा अजिव कल्पना बोकेर मंसिरको चिसोमा रोल्पा आएका देश भित्र र देश बाहिरका साहित्यकारहरु रोल्पा सदरमुकाम लिवाङमा दुई दिन सम्म मज्जाले रमाए ।  

माओवादी द्वन्द्वले १० वर्ष सम्म थिलो थिलो वनाएको रोल्पाको पछिल्लो अवस्थासँगै कला र साहित्यको चर्चा सुनेर दंगिएका धेरैले फरक स्मरण बोकेर पर्किए । अनेकन प्रकारका साहित्यिक गतिविधि, बहस र अन्र्तक्रियामा सहभागी उनिहरुले सोचेको रोल्पा र देखेको रोल्पामा भिन्नता पाएको महसुस गरे ।  

रोल्पा सदरमुकाम लिवाङमा ३० औँ राष्ट्रिय वालसाहित्य सम्मेलन–२०८२ सम्पन्न भएको छ । गत साता दुई दिन सम्म चलेको उक्त सम्मेलन नेपाल वालसाहित्य समाजको आयोजनामा भएको थियो । रोल्पाका अग्रज साहित्यकार डिवि डुहुरोको संयोजकत्वमा स्थानीय मुल आयोजक समिति गठन गरि संचालन गरिएको सम्मेलनमा नेपाल र नेपाल वाहिर विभिन्न देशका गरि १ सय वढि साहित्कारको उपस्थिती रहेको थियो ।  

विभिन्न ४ विषयमा कार्यपत्र, समुह छलफल, रचना वाचन संगै रोल्पा घोषणा सभा समेत जारि गर्दै सम्पन्न सम्मेलनमा ४ सय वढि वालवालिकाको समेत उपस्थिती थियो । कला, साहित्य र गीतसंगितको प्रवद्र्धनमा जनप्रतिनिधिको भुमिका, वालवालिकाको व्यक्तित्व विकासमा वालसाहित्यको भुमिका, किशोरकिशोरीमा मानसिक स्वास्थ्य, पठन संस्कृतिको कमी र यसको प्रभाव विषमा विभिन्न विज्ञहरु संग समुह सम्वाद संचालन गरिएको थियो ।

त्यसैगरि पठन संस्कृतीको विद्यमान अवस्था, रोल्पामा वालसाहित्यको अवस्था र वालसाहित्यको अनुवादको स्थीतिका सवालमा विभिन्न व्यक्तित्वले कार्यपत्र समेत प्रस्तुत गरेका थिए । सो अवसरमा पुस्तक विमोचनसँगै चित्रकला, अभिनय, कविता लेखन, निवन्ध लेखन लगायत १० विषयमा प्रशिक्षण कार्यशाला पनि संचालन गरिएको थियो । सम्मेलन ५ वुदे रोल्पा घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।  

घोषणा पत्रमा  

१. वालवालिकामा अन्र्तरनिहित प्रतिभाको प्रश्फुटनका लागि आफु सम्वद्ध जिल्ला, क्षेत्र र सस्थाहरुका माध्यमवाट अधिकतम सृजनात्मक कार्यहरु गर्ने ।  

२. वालवालिकाहरुमा पठन सस्कृतीको विकास गर्नका लागि प्रत्येक विद्यालयमा पुस्तकालयको स्थापना, पुस्तकालयमा उमेर अनुसारका पुस्तक व्यवस्था र पुस्तकहरुको अध्ययन पठनका लागि विशेष समय निर्धारण गर्न प्रोत्साहन गर्ने ।  

३. स्थानीय सरकारले आफ्नो स्थानीय तहमा एकएक वटा वाल पुस्तकालय स्थापना गरि वालवालिकाको सर्वाङगिण विकासमा सहयोग गर्नुपर्ने ।  

४. विश्वव्यापीकरण र भर्चुअल संसारका कारणवालवालिकामा विभिन्न समस्या देखिने अवस्था सृजना भईरहेको अहिलेको अवस्थामा शिक्षक अभिभावकहरुले सचेततापुर्वक त्यस्तो अवस्था आउन नदिन आफ्नो तर्फवाट गम्भीर प्रयास गर्ने ।  

५. आधुनिक प्रभाव संगै भाषा, लोक साहित्य, लोक कथा, किम्वदन्तीमिथकहरु लोप हुने अवस्थामा पुगेको सन्र्दभमा स्थानीय सरकारको आर्थिक सहयोगमा साहित्यकार, अनुसन्धानकर्ता, प्रागिक व्यक्तित्वले त्यसको खोजि अनुसन्धान र संकलन गरि प्रकासन गर्ने । 

प्रकाशित: २५ मंसिर २०८२ १७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App