२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

फुलपातीमा ‘मैझारो’ काे ‘तिमीलाई के थाहा सानु’ रिलिज

‘मैझारो’ चलचित्रमा समावेश गीत ‘तिमीलाई के थाहा सानु’ रिलिज भएको छ। निर्माण पक्षले बडादसैंको फुलपातीको अवसर पारेर फिल्मको उक्त गीत ओएसआरको युटुब च्यानलबाट रिलिज गरेको हो।  

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई अभिनय गराइएको छ। जहाँ मिरुना र धिरज प्रेमिल जोडीका रुपमा प्रस्तुत छन्। लभ सङ गीतमा फिल्मको कथा अनुसार नै मिलाइएको निर्माण पक्षको भनाइ छ। यो गीत रिलिज भएसँगै दर्शकले उत्कृष्ट प्रतिक्रिया दिन थालेका छन्।

हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को डेब्यु निर्देशकिय फिल्म हो। फिल्मको रिलिज पहिलो गीतबाट नै फिल्मले हाइप लिन थालिसकेको छ। फिल्मको पोस्टर र टिजरले एक किसिमको दर्शकमाझ कौतुहल जगाइसकेको थियो।

फिल्मको गीत नै रिलिज भइसकेपछि दर्शकको मनोभाव यो फिल्मप्रति देखिन थालेको छ। गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ भने शब्स संगीत गायक अनमोलकै छ। गीतको एरेन्ज भने रिकेश गुरुङको छ।

मौलिक प्रेम कथामा आधारित यो फिल्ममा फिल्ममा धिरज, मिरुनाका साथमा दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यो फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन्। गायनमा राजेशपायल राई, झुमा लिम्बू , मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ।

सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ। कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुन लागेको यो फिल्मको निर्माण कम्पनी तक्मे प्रोडक्सन हो।

प्रकाशित: १३ आश्विन २०८२ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App