वन तथा वातावरण साहित्यिक समूहले अवदेश सिंहको लघुकथासङ्ग्रह ‘मरजाद’ र डा. हिमलाल श्रेष्ठको लघुकथासङ्ग्रह ‘चौतारो चिन्तन’ परिचर्चा गरेकाे छ।
कला र साहित्यको माध्यमबाट वातावरणमा टेवा पुर्याउने उद्देश्यले सञ्चालित कार्यक्रम सिर्जना र संवाद अन्तर्गत `स्रष्टाहरूसँग कृति परिचर्चा - लघुकथा विशेष´ कार्यक्रम भएको हाे।
भर्चुअल परिचर्चा कार्यक्रममा देशभित्रका साहित्यकारहरूका साथै अमेरिका, क्यानाडा लगायत विदेशमा रहेका साहित्यप्रेमीहरूकाे समेत उपस्थित थिए।
कमला रुपाखेतीले सम्पूर्ण उपस्थितलाई स्वागत गर्दै यस समूहले संचालन गर्दै आएको कार्यक्रमभन्दा लघुकथाकृतिहरूमाथि परिचर्चा गर्न लागिएको फरक यो कार्यक्रम भिन्न भएकाे बताए।
अवधेश सिंहको मरजादकाे परिचर्चा गर्दै भाषा आयोगका पूर्व सदस्य गोपाल अश्कले सङ्ग्रहका लघुकथाहरूको चिरफार, लघुकथा र कथा लेखनका विविध पक्षको चर्चा गरेका थिए।
उनले सङ्ग्रहको मरजाद कथा लगायत इन्द्रेणी लघुकथा सशक्त र प्रभावकारी रहेको उल्लेख गरे। सङ्ग्रहको ‘नफुलेको फूलहरूको विचमा फुलेको फूल राम्रो देखिन्छ’ भन्ने वाक्य सुन्दर र दार्शनिक अर्थ बोकेको पङ्क्ति भएकाे बताए।
कार्यक्रममा परिचर्चाकार अश्कले अवधेश सिंहको कृतिका ५४ लघुकथाको चिरफार, लघुकथा र कथा लेखनका विविध पक्षको चर्चा गरेका थिए।
लघुकथाहरूमा विशेषत: पुरुष मनोविज्ञान, राजनीतिक परिवेश र त्यसमाथि शिष्ट व्यङ्ग्य, संक्षिप्त शब्दको प्रयोग, सामाजिक विचलन, शैक्षिक विकृति र लोकमा चलेका परम्परा, मधेश प्रदेशको सांस्कृतिक पक्ष प्रस्तुत भएको बताए।
कृतिको भाव पक्ष सबल भए पनि कला पक्षमा स्रष्टा थोरै विचलित भएको, भाषा पक्षमा सामान्य त्रुटिप्रति सर्जक गम्भीर हुनुपर्ने सुझाव दिँदै लघुकथाको कसीमा मरजाद सफल कृति भएकाे बताए।
त्यसैगरी डा. कुसुमाकर शर्माले डा. हिमलाल श्रेष्ठको चौतारो चिन्तनकाे परिचर्चा गर्दै लघुकथाको संरचनामा कृतिको स्थान खोज्दै पर्यावरणीय साहित्यमा कृतिले पुर्याएको योगदानबारे प्रस्तुत गरेका थिए। पर्यावरणीय चासो, चिन्ता र चिन्तनको विषय सशक्त रूपमा उठाएकाे उनले बताए।
साथै सङ्ग्रहका लघुकथाहरू हेर्दा लघुकथाकारले विम्व र अलंकारको प्रयोग गरेर यथास्थितिमाथि प्रश्न गर्दै विद्रोहको आवाज उठाएको भान भएकाे बताए। लेखकले लघुकथाहरूलाई खण्डखण्डमा छुट्याउने राम्रो अभ्यासको प्रयोग गरेको इंगित गरेका थिए।
लघुकथाकारले बिम्ब र अलंकारको प्रयोग गरेर यथास्थितिमाथि प्रश्न गर्दै विद्रोहको आवाज उठाएको बताउँदै लेखकले कृतिका लघुकथाहरूलाई खण्डखण्डमा छुट्याउने राम्रो अभ्यासको प्रयोग गरेको पनि संकेत गरे साथै कालखण्ड दोष र समापन विस्तारो पक्षमा सचेत रहने सुझाव पनि दिए।
परिचर्चाकारहरूले दुवै सर्जकको पहिलो लघुकथा भएकाले भविष्यमा यस्तै लघुकथाको सङ्ग्रह प्रकाशित होस् र यसमा देखिएका केही कमीकमजाेरी हटाउँदै अगािड बढ्न शुभकामना पनि दिएका थिए।
डा. ऋषि वस्ताकोटीले सहजीकरण गरेकाे उक्त कार्यक्रममा प्राज्ञ ध्रुव मधिकर्मी, लोकबन्धु, मीना गुरुङ, विष्णु आचार्य, प्रेम खनाल, डा. चन्द्र गिरी, डा. शेखरकुमार श्रेष्ठ लगायतका साहित्यकारहरूको उपस्थिति थियो। कार्यक्रमको जुम लगायत प्राविधिक पक्ष डा. भरतमान श्रेष्ठले हेरेका थिए।
डा. रोशन शेरचनले कार्यक्रमको सारांश प्रस्तुत गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।
कार्यक्रममा विष्णु आचार्य, प्रेम खनाल, डा. चन्द्र गिरी, डा. शेखर कुमार श्रेष्ठ लगायतका साहित्यकारहरूको उपस्थिति थियो।
प्रकाशित: २१ पुस २०८२ ०८:३४ सोमबार




-600x400-wm.jpg)
