हास्य कलाकार सुमन कोइराला वैवाहिक बन्धनमा बाँधिएका छन् । प्रेमिका शोभा गौलीसँग परम्परागत शैलीमा वैवाहिक बन्धनमा बाँधिए ।
विवाह समारोहमा पुगेका अर्का हास्य कलाकार भरतमणि पौडेलका अनुसार कोइरालाको विवाह पुरानो बानेश्वरको नेपाल आर्य समाज केन्द्रीय सभामा भएक थियो ।
केही समयदेखि अमेरिका बस्दै आएकी तनहुँ घर भएकी शोभा नेपाल आउजाउ गरिरहन्थिन। यी दुईबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो ।
पौडेलका अनुसार विवाहमा परिवारका सदस्य र कमेडी च्याम्पियनका कलाकारको उपस्थिति थियो ।
अहिले सामाजिक सञ्जालमा कोइराला दम्पत्तीलाई बधाई तथा शुभकामना आउनेक्रम जारी छ।
प्रकाशित: ६ मंसिर २०८२ १९:१० शनिबार





