२२ मंसिर २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

‘बगैँचा’ लाई प्रभुभक्त छोरीनानी वर्ष पुस्तक पुरस्कार

नारी स्रष्टा समाज, नेपाल, काेशी प्रदेशले लघुकथाकार शुक्रराज कुँवरकाे 'बगैँचा' लघुकथासङ्ग्रहलाई ‘प्रभुभक्त छोरीनानी वर्ष पुस्तक पुरस्कार-२०८१’ प्रदान गर्ने निर्णय गरेकाे छ। 

संस्थालाई प्राप्त भएका विविध विधाका ४८ थान पुस्तकमध्ये तीन चरणकाे छनाेटमा कुँवरकाे लघुकथासङ्ग्रहलाई छोरीनानी वर्ष पुस्तक पुरस्कार प्रदान गर्ने निर्णय गरिएकाे हाे।

उक्त पुरस्कार मंसिर १ गते प्रदान गरिने संस्थाकी अध्यक्ष ममता मृदुलले बताइन्। उक्त पुरस्कार साहित्यकार विक्रमभक्त जाेशीले आफ्नाे मातापिताका नाममा स्थापना गरेका हुन्। 

प्रकाशित: २४ कार्तिक २०८२ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App