२२ मंसिर २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

विराटनगरमा खतिवडाको ‘ढुङ्गो फुलेपछि’ ...!

नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले मुक्तककार नेत्र खतिवडाको मुक्तकसङ्ग्रह ‘ढुङ्गो फुलेपछि’ लोकार्पण गरेको छ। नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेलकाे अध्यक्षता र प्राज्ञ विवश पोखरेलकाे प्रमुख आतिथ्यमा खतिवडाको कृति लोकार्पण भएको हो।

प्रमुख अतिथि प्राज्ञ पोखरेलले मुक्तक वाचन गरेर उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ पोखरेल, विशिष्ट अतिथि बलराम पोखरेल, कविराज न्यौपाने, नगेन्द्र स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं, भूषण ढुङ्गेल, उमेश लुइटेल, प्रयाग न्यौपाने, सुरेन्द्रकुमार शाह, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल लगायतले कृतिकाे संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

कार्यक्रममा समीक्षक भूषण ढुंगेल र उमेश लुइँटेलले मुक्तकबारे समीक्षात्मक धारणा राखेका थिए।

समीक्षक लुइँटेलले कृतिमा उपयुक्त बिम्ब संयोजन भएको बताए। त्यस्तै प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले मानवीय संवेदनायुक्त यो कृतिले समाज र वर्तमान समय बोलेको धारणा राखे।

आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलले भविष्यको उज्यालो आशाले जीवन सार्थक बनाउँछ भन्ने विचार राख्दै सबैलाई धन्यवाद दिएका थिए।

विराटनगरको विष्णुमाया पुस्तकालयमा भएकाे कार्यक्रममा मुक्तककारहरू नवराज पोखरेल नवशिला, नानुमैया दाहाल, पुष्पा सायरा र प्रज्ञा कट्टेलले कृतिका २/२ मुक्तक वाचेका थिए।

खोटाङ सामाजिक  सेवा मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेल, मेदिनी शर्मा, देवी पन्थी, डमरुबल्लभ भण्डारी, हरिहर भण्डारी, राजेन्द्र गुरागाईं, दिङ्लाली कान्छो, निर्मला कोइराला, चिरञ्जीवी काफ्ले, स्वर संगीतका अध्यक्ष कुशेश्वर राई र नोबेल साकोसकी अध्यक्ष मन्जु दाहालकाे उपस्थिति रहेकाे थियाे।

त्यस्तै सिर्जना इनरुवाका अध्यक्ष लिलानाथ सिलवाल, सप्तरंगी साहित्य समाज नेपालका अध्यक्ष रमेन्द्र कोइराला, केशु विरही, डोमि कामत, हरिप्रसाद बराल, चुडामणि अकिन्चन, भीम कोइराला, नवराज नवशिला, प्रमोद ढकाल, लक्ष्मी पोखरेल, जमुना पौडेल, अम्बिका खरेल, नानुमैया दाहाल, पुष्पा सायरा, शारदा कार्की लगायत साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

मुक्तककार खतिवडाको मुक्तकसंग्रह ‘ढुङ्गो फुलेपछि’ मा समय, समाज र मानवीय संवेदनाका विविध आयाम समेटिएका छन्।

कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी रायमाझीले राखेकी थिइन्। प्रतिष्ठानले मुक्तक लेख्न चाहना राख्ने लेखकलाई चाँडै प्रशिक्षणको समेत कार्यक्रम राख्ने योजनामा रहेको प्रतिष्ठानका सचिव मदन भण्डारीले जानकारी दिएका छन्।

प्रकाशित: २६ कार्तिक २०८२ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App