४ माघ २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

चत्रचित्रमा फर्किंदै अभिनेता आकाश

नायक आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा मुख्य नायकको रूपमा देखिएका छैनन्। आकाशले यो बिचमा केही फिल्ममा भने केमियो भूमिकामा काम गरेका थिए।

आकाशले थुप्रै म्यूजिक भिडियोमा काम गरे पनि फिल्मका लागि भने राम्रो कथाको प्रतीक्षा गरिरहेको बताउँदै आएका थिए तर अब भने आकाशको फिल्ममा कमब्याक पक्का भएको छ।

नायक श्रेष्ठले यसअघि ‘जय शम्भु र दान्भी’ जस्तो एक्सन फिल्म निर्देशन गरेका निर्देशक रुपेश तामाङको अनटाइटल प्रोजेक्टबाट फिल्ममा कमब्याक गर्ने पक्का भएको हो।

माघे संक्रान्तिको अवसर पारेर आज आकाश र निर्माण पक्षबिच सम्झौता भएको छ। फिल्मलाई पूर्ण रूपमा एक्सन जनरामा बनाउने र आकाशलाई यसअघि नदेखिएको अवतारमा देखाउने तयारी रुपेशको छ।

आकाश पनि यो फिल्मलाई लिएर निकै उत्साहित देखिएका छन्। आकाशले दर्शकको प्रतीक्षा विशेष हुने तर्क गरे।

सुमन गजमेरले फिल्मको कथा तयार पारेका हुन्। फिल्मको छायांकन फागुनको अन्तिमबाट सुरु गर्ने तयारी रुपेशको छ।

फिल्मको नाम, अन्य कलाकार र प्राविधिकहरूबारे जानकारी एकपछि अर्को रूपमा गराउँदै लैजाने निर्माण पक्षले बताएको छ। जुना फिल्मस्को ब्यानरमा यो फिल्म निर्माण हुनेछ। 

प्रकाशित: ३ माघ २०८२ १४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App