कलाकारहरु हरिवंश आचार्य, करिश्मा मानन्धर, केकी अधिकारी र पल शाहको अभिनयमा रहेको 'माछीलाई खोलीको लेउ' भिडियो सार्वजनिक भए संगै निकै चर्चा पाईरहेको छ।
हरिवंश आचार्य र मेलिना राईको आवाजमा 'माछीलाई खोलीको लेउ' गीतको दोस्रो भाग बिहीबार युट्युब मार्फत सार्वजनिक भएको हो। करिब तीन वर्षअघि सार्वजनिक भएको 'माछीलाई खोलीको लेउ' युट्युबमा झन्डै ५ करोड भ्युज पाउन सफल चर्चित गीत हो।
सोही गीतको दोश्रो भागमा पनि गीतकार थपलियाको शब्द र संगीतकार सापकोटाको संगीत छ। विक्रम स्वारको निर्देशनमा तयार भएको गीतको भिडियोमा निर्देशक स्वारकै कोरियोग्राफी छ। भिडियो नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सुवर्ण दुलालको सम्पादनमा तयार भएको हो।
नरेन्द्र वियोगीले संगीत संयोजन गरेको यो गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ र मास्टरिङ गरेका हुन्। गज्जब टिभीको युट्युब च्यानलबाट सार्वजनिक गीतले केही घन्टामै लाख बढी भ्युज पाइसकेको छ।
प्रकाशित: १७ श्रावण २०७८ ०५:५८ आइतबार





