१२ पुस २०८२ शनिबार
image/svg+xml
कला

चार लोफर हलमा प्रकट हुँदै

काठमाडौं– निर्देशक आदित्यविक्रम लम्सालले निर्देशनमा 'डेब्यु' गरेको फिल्म 'लोफर' आगामी शुक्रबार रिलिज हुँदैछ। राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक लम्सालले फिल्म राम्रो बनेकाले हलिउड–बलिउडका फिल्मसँग प्रतिस्पर्धाका लागि योग्य रहेको दाबी गरे।'फिल्मको विषयवस्तु राम्रो भएकोले मल्टिप्लेक्सका दर्शकले समेत मनपराउने छन्। झन्डै तीन वर्È स्क्रिप्टमै बिताएपछि फिल्म निर्माणमा होमिएको हुँ। युवाहरुको कथा छ, दर्शकहरुको सकारात्मक प्रतिक्रियाको आशा गरेको छु,' निर्देशक लम्सालले भने।

फिल्मलाई छवि ओझाले निर्माण गरेका हुन्। अभिनेत्री रेखा थापाको ब्यानर रेखा फिल्मस्बाट झन्डै आधा दर्जन फिल्म बनाएका छविले आफ्नै प्रोडक्सन कम्पनी छविराज प्रोडक्सन दर्ता गरेर 'लोफर'को निर्माण गरेका हुन्। ५० को दशकदेखि फिल्म निर्माणमा निरन्तर सक्रिय उनले उतिबेला नमस्ते नेपालको ब्यानरमा फिल्म बनाउँथे।

नयाँ युवाहरुसँग काम गर्न चाहेकाले 'लोफर' निर्माण गरेको उनले बताए। 'मल्टिप्लेक्स दर्शकका लागि फिल्म निर्माण गर्न सकिन्छ भन्ने लागेर फिल्म निर्माण गरेको हुँ। फिल्मले कस्तो प्रतिक्रिया पाउँछ भन्नेमा जिज्ञासु भएको छु। यसले फिल्म युनिटको समेत परीक्षा लिँदैछ,' उनले भने।

यसअघि सिंगल थिएटरमा मात्र फिल्म रिलिज गर्दै आएका छविले 'लोफर'लाई भने मल्टिप्लेक्समा समेत रिलिज गर्दैछन्। चारजना लोफरहरुको कथा भनिएको फिल्ममा दयाहाङ राई मुख्य भूमिकामा छन्।

कार्यक्रममा अभिनेता दयाहाङ राईले फिल्मको भूमिका राम्रो बनेको दाबी गरे। 'राम्रो मानिस बन्ने प्रयासमा कहिलेकाहीँ नराम्रो हुन पुगिने विषय फिल्ममा समावेश छ,' राईले भने। फिल्ममा आर्यन सिग्देल, कमलमणि नेपाल, र सुशीलराज पाण्डे बाँकी तीन लोफर बनेका छन्।

रजनी केसी फिल्ममा एक्ली अभिनेत्रीको रुपमा उपस्थित छिन्। उनले आर्यनसँग अभिनय गर्न पाउँदा बच्चैदेखिको सपना पूरा भएको प्रतिक्रिया दिइन्। 'म आर्यन सिग्देलको बच्चैदेखिको फ्यान हुँ। उहाँसँग फिल्ममा सँगै काम गर्न पाउँदा खुसी लागेको छ,' केसीले भनिन्।

फिल्ममा सोनालकृष्ण सापकोटा, आदित्यविक्रम लम्साल र बाबु प्रधानले संगीत दिएका छन्। कार्यक्रममा छविराज प्रोडक्सनको नयाँ फिल्म 'लज्जा'को समेत औपचारिक घोषणा गरियो। बिहीबारदेखि सुटिङ सुरु हुने फिल्मको निर्देशन नवल नेपालले गर्दैछन्। फिल्ममा आर्यन सिग्देल, शिल्पा पोखरेल, मिथिला शर्मा, किरण केसी र हिउ"बाला गौतमले अभिनय गर्दैछन्।

लभस्टोरी फिल्मको सुटिङ राजधानी वरपर सिध्याइने जानकारी निर्देशक नेपालले गराए। 'लभस्टोरी फिल्ममा फेरि आर्यनसँग काम गर्दैछु। लभस्टोरी भए पनि समाजका अरु मुद्दाहरु पनि फिल्ममो समेट्नेछु,' उनले भने।

प्रकाशित: १९ मंसिर २०७० ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App