२५ माघ २०८२ आइतबार
image/svg+xml
खेल

राखेपमा पाँच बाेर्ड सदस्य नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य पदमा रिक्त  पाँच जनालाई नियुक्त गरिएको छ।

गत मंसिर राखेपका सदस्यसचिव टंकलाल घिसिङसहित पाँच सदस्यको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेको थियो। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शुक्रबार पाँच जना सदस्य पदमा नियुक्त गरेका हुन्।

सिंहदरबारस्थित युवा खेलकुद मन्त्रालयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक जगत टमटा, तेक्वान्दोका प्रशिक्षक कुमार लामा घिसिङ र नेपाल रग्बी संघका सन्तकुमार मेहता नियुक्त भएका छन्। थप दुई जना राजेश खड्का र प्रयास कार्की पनि राखेपको बोर्डमा नियुक्त भएका छन्। राखेप बोर्ड कुल ३८ सदस्यीय रहेको छ।

त्यसमध्ये यो बोर्डमा नियुक्त हुने घिसिङ नेपाल तेक्वान्दो संघका चौथो पदाधिकारी हुन्। यसअघि नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द र केन्द्रीय सदस्यद्वय नन्दा बस्याल र रामचन्द्र श्रेष्ठ पनि राखेपको बोर्ड सदस्य छन्।

चन्द राखेपको कार्यकारी सदस्य हुन्। प्रशिक्षक जगत राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पूर्व मुख्य प्रशिक्षक पनि हुन्। उनले नेपाली राष्ट्रिय महिला र पुरुष दुवै टोलीको प्रशिक्षण समालेका छन्। राखेपको बोर्डमा नेपाल रग्बी संघका पनि दोस्रो पदाधिकारी नियुक्त भएका छन्। रग्बी संघकै केन्द्रीय सदस्य अञ्जना श्रेष्ठ मास्के पनि बोर्डमा छिन्। 

प्रकाशित: १२ पुस २०८२ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App