१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

दुई फर्मलाई नगद जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग वा फर्मलाई नगद जरिवाना गरेको छ।

विभागले जुली केक एण्ड पेष्ट्री ललितपुर र जिरी खिम्ती होटल रेष्टुरेन्टलाई रु पाँच/पाँच हजार जरिवाना गरेको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ क बमोजिम कारबाही गरिएको जनाएको छ।

यस्तै, विभागले अन्य १२ वटा उद्योग वा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। काठमाडौं र ललितपुरका विभिन्न होटल तथा रेष्टुरेन्टमा नियमित अनुगमन भइरहेको विभागले उल्लेख गरेको छ।

चाडवाडको समयमा मात्रै अनुगमन गरेको भन्ने गुनासो नआओस् भनेर विभागले पछिल्ला दिनमा नियमित रूपमा अनुगमन, निरीक्षण, जरिवाना तथा सुधारात्मक निर्देशन दिँदै आएको छ।

बजारको स्वच्छता कायम राख्ने, कालाेबजारी नियन्त्रण गर्ने, खाद्य पदार्थमा अखाद्य पदार्थ मिसिन नदिन सचेतता पूर्वक अनुगमन गरिएको विभागले जनाएको छ। स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी र जनप्रतिनिधिको उपस्थितिमा बजार अनुगमन हुँदा कानुन कार्यान्वयनमा सहज भएको विभागको दाबी छ।

प्रकाशित: १२ पुस २०८२ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App