४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

हर्क साम्पाङ्‍को प्रश्नः सय दिनमा सहकारीको रकम फिर्ता गर्न विदेशबाट बोराको बोरा पैसा आएको हो?

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सुनसरी क्षेत्र नं. १ का उम्मेदवार हर्क साम्पाङ्ले सिंहदरबार जलाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र जताततै मुद्दैमुद्दा रहेका रवि लामिछाने प्रधानमन्त्री बन्न नसक्ने बताएका छन्।  

शुक्रबार धरानमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै राईले भने, ‘बालेन प्रधानमन्त्री बन्छु भनेर मख्ख, पार्टी अध्यक्ष चाँही प्रधानमन्त्री बन्ने हो। रवि लामिछाने कम्ति चलाख छन् ।’ लामिछानेको पनि अमेरिकासहित जताततै मुद्दैमुद्दा भएकाले कुनै सम्भावना नरहेको बताउँदै राईले जेनजी आन्दोलनकै क्रममा रवि जेलबाट हातहल्लाउँदै निस्किए पनि फेरि झोला बोकेर पसेको घटनाप्रति आश्चर्य व्यक्त गरे। ‘अब फेरि सय दिनमा सहकारीको पैसा फिर्ता गर्ने रे। बोराको बोरा पैसा आएको छ कि विदेशबाट? विदेशी प्रभुको शरणमा पर्नेलाई त आउन पनि सक्छ,’ उनले भने।  

अध्यक्ष राईले षडयन्त्र गरेर सिंहदरबार जलाइएको र त्यसमा बालेनको पनि हात रहेको दोहो¥याए। ‘जेनजी आन्दोनलभन्दा अघिसम्म बालेन मलाई ठीकै लाग्थ्यो। तर जेनजी आन्दोलनमा जेनजीलाई बोलाउने अनि झगडा गराउने।  जेनजीको आन्दोलन त यहाँ (धरानमा) पनि भएको थियो। सवैलाई खुसी बनाएर नगरपालिकातिर गएको आन्दोलन फर्काएर ल्याएर भानुचोकमा ल्याएर टुंग्याए। उहाँ (बालेन) ले गर्न सक्नुभएन,’ उनले भने, ‘नत्र धरान बच्थ्यो र? ड्याङ् कि डयाङ् पारि दिन्थ्यो।’ प्लस टु पढ्दै गरेको व्यक्तिले सिंहदरबार जलाउनै नसक्ने उनले जिकिर गरे।

अध्यक्ष राईले जेनजीले आउनु न आउने बालेन दाई भनेर आग्रह गर्दा पनि नगएको बरु अन्तिममा एक्कासी प्रधानमन्त्री बनाइनुपर्ने त्यसमा पनि मिडियाले बनाउनुपर्ने भनी  टिप्पणी गरे। ‘डिस्कोर्टबाट सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको छ। सवै फेक आइटी बनाएर करौड करोड खर्च गरिएको छ। उनीहरुको समूह ठूलो छ,’ देश जलिरहेको र ढलीरहेको अवस्थामा, सुरक्षाकर्मीलाई सडकमा तानेर कुटीरहेको अवस्थामा देश बचाउछु? भनेर प्रधानमन्त्री बन्न जाने व्यक्ति को थियो? भनेर आमसभामा सहभागीलाई प्रश्न गरे। उनले सिंहदरबार जलाउनेलाई प्रधानमन्त्री बनाउनु अचम्भ भएको बताए।  

बाटो, ड्रोन, खानेपानीलगायतका विकाससँगै यो देशको स्वाधीनताको कुरा पनि हेनुपर्ने उनले बताए। ‘देशको स्वाधीनताभन्दा ठूलो हुँदैन विकास। देश नेपालीकै हो कि विदेशीको? त्यसका लागि हर्क साम्पाङ् लड्दै आएको हो,’ उनले भने ।  

धरानका निवर्तमान मेयर समेत रहेका उनले अहिले आफूसँगै प्रतिस्पर्धामा रहेका उम्मेदवारले श्रम अभियानमा एक दिन(एक छिन पनि नसघाएको बताए। ‘२०७९ सालमा चुनाव जितेर एकल अभियानबाट सुरु भएको श्रम अभियान एक साता चल्छ भनेका थिए। जनताले अनुमोदन गरेर संघर्ष गरे त्यो बेलीबिस्तार लामो छ।  दुनियाँलाई हारगुहार गरेर धरानका लागि दुई अर्बभन्दा बढी सम्पति जोडेको छु। मसँगै चुनावमा उठेका २५ जना सधैंभरी आलोचना गर्न र मुद्दा लगाई रहे।’ अनि चुनावको बेला मात्र काम गर्छु भनेर नहुने चुनाव अघि र पछि काम गरेको जनताले मूल्याङ्कन गर्ने बताए। ‘मेरो लण्डनले विश्व रेकर्डमा राखिरहेका बेला धरानमा म विरुद्द मुद्दाको चाङ् लगाउनेहरु मै विरुद्द चुनावमा उठेका छन्,’ उनले भने, ‘अब नचल्ने गीत नगाउनु । अब हाम्रो गीत मात्र चल्छ ।

धरानमा आयोजित आमसभामा सुनसरीसहित पूर्वको झापा र मोरङका विभिन्न स्थानबाट सहभागी भएका थिए ।  

 

प्रकाशित: १५ फाल्गुन २०८२ १८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App