लोक दोहोरी गायक तथा सर्जक बुद्धिसागर बस्यालको नयाँ गीत ‘दुलही सम्झेर’ बजारमा आएको छ। गीतमा बस्याललाई गायिका देवी घर्तीले साथ दिएकी छन्।
एक नारायण भण्डारीको शब्द र बीबी अनुरागीले गीतमा एरेन्ज गरेका छन्। प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा दुर्गेश थापा र इस्तु कार्कीको अभिनय छ।
गत तिजमा ‘चस्मा लाएर’ गीत ल्याएका बस्यालका बाजेका पालामा, छमछम पाउजुले, डाँफे नाचेर, बुढेस कालैमा लगायतका दर्जनौं गीत यस अघि आएका थिए।
प्रकाशित: ३० मंसिर २०७७ १०:३५ मंगलबार





