त्रिविक्रम पाण्डे
आफैंलाई बनाउँदा – बनाउँदै केबाट के भएँ,
स्वयंसँग अपरिचित यहाँ म केबाट के भएँ !
स्वयंभित्र किन म कोही पराईलाई खोज्छु,
यो अधुरो निरर्थक खोजीमा म केबाट के भएँ !
बित्दो समयसँगै एउटा आशा पनि निराशा भो,
यही आशा – इच्छाको कारण म केबाट के भएँ !
सम्झेँ माया प्रेम प्यार नै यो दुनियाँ जिन्दगी हो,
यही माया प्रेम प्यारले गर्दा म केबाट के भएँ !
प्रकाशित: २६ मंसिर २०७७ ०९:५० शुक्रबार





