६ माघ २०८२ मंगलबार
image/svg+xml
कला

अन्यायको आवाज

लघुकथा

सीता विष्ट कार्की (सीविका) ‘

 

लकडाउनको बेला पनि एकाबिहानै  सडकमा मान्छे किन दौडिरहे छन् दौड प्रतियोगितामा झै , हेर  त बाहिर  ! ’ बूढीले  सुतिरहेको बूढालाई उठाउँदै  भनिन् ।

‘ए , हेर त उठेर ।  अगाडिको घरकी बूढी आमा पनि लौरो टेकेर पछाडिपछाडि दौडेकी छन् ।केही कारण त होला नि ! किन कराएकी बिहानबिहान  नकराउन बूढी ।  सुत्न देऊ  मलाई ।’ बूढो  निद्रैमा झन्क्यो ।

बूढाले बूढीलाई ठाडै भने,  ‘कस्तो कुरा गर्छौ  बूढा । लकडाउनको बेला सबै तर्सेर कोराना सर्छ भनेर बाहिर जादैनन् ।  अर्को कुरा सुरक्षार्थका लागि सडकमा बसेका पुलिसले पिट्छ भनेर पनि निस्कन्नन् अनि सडकमा दौडिँदा अचम्म मान्नु परेन र ! कर्फ्यु हो र पुलिसले पिट्ने !’

कुनैकुनै सुरक्षाकर्मी त चाहिनेभन्दा बढी ज्यादती गर्दा रहेछन्  ।  हिजो हस्पिटलबाट ड्युटी सिध्दिएर खान बाहिर हिडेको डाक्टहरूलाई कुटेछ्न् आपसमा कुरा गरिरहेका तल्लाघरे हरिशंकरले भनेपछि मान्छे दौडेको बल्ल कारण थाहा पाए दुवै आमाछोराले ।

अर्को छिमेकीले सोध्यो , ‘ के उनीहरूले आफ्नो परिचयपत्र  देखाएका थिएनन् र ! कहाँ नदेखाउनु नि ।  हामी डाक्टर हो भनेर परिचयपत्र  देआउँदा पनि  पुलिसले डक्टरसाक्टर भन्दैन  भनेर ठाडै आफ्नो घमण्डको पर्दाफास देखाएछ्न् र यो घटना घटेको रहेछ ।

डा .सुजनले डाक्टरहरूको सुरक्षाका लागि आवाज उठाए , न्यायका लागि ढोका घचघचाउँदै भने अरूका लागि  ज्यान बचाउने डक्टरको सुरक्षा छैन, कति वर्ष पसीना चुहाएर पाएको डक्टरको परिचयपत्रको मूल्य छैन ।   यो ज्यादतीलाई कारवाही गर्नुपर्छ ।

फेरि सडकमा मानिसहरू दौडदै थिए । हजुरहरू किन दौडिन भको फेरि के भएछ ! उसले उत्तर नदिकनै भनिन , ‘तपाईहरू पनि  दौडिनुपर्ने थियो ।  थाहा पाउनु भएन र ,हामीलाई बचाउने भगवान् हुन डाक्टर ।  उनीहरूलाई पुलिसले पिटेको सुनेर  भौतिक कारवाही  गर्न हिडेका हौ हामी।

– ए दम रोगी ठूली दिदी पनि पुलिसको भौतिक कारवाहीमा जान लाग्नु भको हो र !

‘हो नि जाँदै छु । पिटाइ खाने डाक्टर त मेरो नियमित स्वास्थ परिक्षण गर्ने डा.साब हो ।’ ठूली दिदीले भनिन् ।  

– ए हो, ल ठिक छ  । तर कारवाहीको तरीका मिलेन न ठूली दिदी ।

– कानुनी तरीकाबाट उसलाई कडाभन्दा कडा सजाय दिनुपर्छ नत्र यस्ता घटना फेरि दोहोरिन्छ ।

– यो बेलामा पुलिस र डाक्टर दुवै भगवान् हुन् , सहयोद्धा हुन्, एकआपसमा साथी बन्नुपर्छ  उनीहरू जनताको सेवा गरिरहेका छ्न् तर कहिलेकाही चामलमा घुन मिसिन सक्छ, त्यति मात्र हो । गल्ती गरेका पुलिसले माफ त मागिसकेका छन् ।  माफले मात्र हुदैन । यसलाई कानुनी प्रक्रियाबाटै न्याय दिने पद्धति बसाल्नुपर्छ , परिचयपत्रलाई सम्मान गर्न जान्नुपर्छ ।

प्रकाशित: १६ कार्तिक २०७७ ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App