७ वैशाख २०८१ शुक्रबार
कला

अविवेकी मान्छे

लघुकथा

देवा अधिकारी

पहाडी क्षेत्रको भिरालो बाटामा बसको ठूलो दुर्घटना भयो । धेरै जना यात्रुहरूको घटनास्थलमै मृत्यु भयो । गाडीभित्रै किचिएर बाहिर निस्कन नसकेका केही यात्रुहरू ‘बचाऊ –बचाऊ’ गरिरहेका थिए । नजिकै उभिएको एक दर्शक यसो पछाडि फर्केर हेरयो । सयौं मोबाइलका क्यामेराहरू खिचिकखिचिक गर्दै दुर्घटनास्थलको फोटो खिच्दै थिए । 

मान्छे रमिते मात्र भएको देखेर उसलाई निको लागेन । ऊ भीडलाई छिचोलेर कुद्दै गई नजिकैको घरको टुप्पाबाट क्षतिग्रस्त बस सहित भीडको पनि फोटो खिचेर तुरुन्त फेसबुकमा अपलोड गरयो र स्टाटस लेख्यो, ‘उद्धार गर्न छोडेर सबै फोटो खिच्नमै व्यस्त । थुइक्क ‘अविवेकी मान्छे ’ ।’

प्रकाशित: २२ श्रावण २०७७ ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App