सातौं डिआइजीपी कप फुटबल प्रतियोगिताको उपाधि आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) ले जितेको छ ।
धरान(१३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेलमैदानमा शनिबार भएको फाइनलमा प्रभात सेकेन्डरी बोडिङ् स्कुल धरानलाई हराएर आयोजक नेपाल पुलिसले उपाधि जितेको हो ।
पहिलोपल्ट आयोजक नेपाल पुसिल स्कुलले डिआइजी कप जितेर रेकर्ड कायम गर्न सफल भएको छ । प्रभात स्कुलाई पुलिस स्कुलले १–० गोलको झिनो अन्तरले पराजित गरि जित निकालेको हो । जितसँगै नेपाल पुलिस स्कुलले ८१ हजार पाँच रुपैयाँ प्राप्त गरेको छ । उपविजेता प्रभात स्कुलले ४१ हजार पाँच रुपैयाँमा चित्त बुझाएको छ ।
खेलमा सातौं मिनेटमा नेपाल पुलिसका तर्फबाट विकास मगरले गोल गरे । उनले गरेको गोल नै निर्णयक बन्यो । त्यसपछि तोकिएको समयमा कुनै गोल हुन सकेन् । खेलको म्यान अफ दि म्याच विकास नै भए । उनलाई नगद एक हजार पाँच रुपैयाँ प्रदान गरियो । प्रभात स्कुलले पनि पहिलोपल्ट उपविजेता हुने अवसर प्राप्त गरेको छ ।
२०५८ सालदेखि डिआइजी कप भएर छैठौं संस्करणसम्म भएर राकिएको खेल यसपटकदेखि हुन थालेको हो । खेलमा विधागततर्फ सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिसका समिर राई भए । प्रतियोगिताभर उनले पाँच गोल गरेका थिए । उनलाई नगद दुई हजार पाँच रुपैयाँ प्रदान गरियो । यस्तै, बेस्ट कोच पुलिस स्कुलका सागर कार्की, वेस्ट मिडफिल्डर प्रभात स्कुलका नेम्साङ् मगर, बेस्ट डिफेन्डर प्रभात स्कुलका रिदम पाण्डे, बेष्ट गोल किपर पुलिस स्कुलका सोनाहाङ् राई र उदयमान खेलाडी पुलिस स्कुल निलोका यारिन भूजेल घोषित भए । सवैलाई जनही दुई हजार पाँच रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो ।
खेलमा विजयी खेलाडीलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी विनोद घिमिरे, राष्ट्रिय अनुसन्धानका डिआइजी (अनुसन्धान निर्देशक) इन्द्रसिंह लामा, कोशी प्रदेश प्रहरी कार्यालय धरानका एसएसपी ज्ञानेन्द्र फूयँल, नेपाल पुलिस स्कुल धरानकी प्राचार्य मनिका सुब्बा राईलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । पुस ९ गतेदेखि सुरु भएको प्रतियोगितामा धरान, सुनसरी, मोरङ र झापाका १६ वटा विद्यालय सहभागी भएका थिए ।
प्रकाशित: १९ पुस २०८२ १९:५७ शनिबार





