२९ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको छत्तीसगढमा १४ माओवादी मारिए, २० जनाद्वारा आत्मसमर्पण

भारतको छत्तीसगढमा सुरक्षा बलको विशेष अपरेसनमा १४ जना विद्रोही माओवादी मारिएका छन्। माओवादी प्रभावित क्षेत्र बीजापुर र सुकमा जिल्लामा गरिएको अपरेसनका क्रममा सुरक्षा बलसँगको दोहोरो भिडन्तमा परी १४ जना माओवादी मारिएको दाबी गरिएको छ।  

स्थानीय प्रहरीका अनुसार हालसम्म भिडन्त स्थलमा दुई शव बीजापुर र १२ शव सुकमामा गरी १४ शव भेटिएका छन्। प्रहरीले भिडन्त स्थलबाट माओवादी विद्रोहीले प्रयोग गरेका ठुलो मात्रामा राइफल तथा हतियारहरू पनि बरामद गरेको छ। 

यस्तै छत्तीसगढकै चर्चित माओवादी नेता देवा बारसेसहित करिब २० जना माओवादीसहित हैदराबादमा आत्मसमर्पण गरेको तेलंगाना प्रहरीले पुष्टि गरेको छ।

पछिल्लो दुई वर्षदेखि छत्तीसगढमा प्रहरीले माओवादी विरुद्ध सघन अभियान चलाएको छ। भारतीय गृहमन्त्री अमित शाहले आगामी मार्च ३१ भित्र भारतबाट माओवादी आन्दोलन अन्त्य गर्ने समय सीमा नै तोकेका छन्। 

सन् २०२५ मा ९९ वटा घटनामा २५६ माओवादी मारिएको भारत सरकारको दाबी छ। 

प्रकाशित: १९ पुस २०८२ १९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App