२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

तस्बिरमा महात्मा गान्धी

काठमाडौं - नेपालस्थित भारतीय राजदुतावास र भारतीय संस्कृति मन्त्रालयको आयोजनामा राजधानीमा बिहीबारबाट महात्मा गान्धीको जीवनीलाई प्रस्तुत गरिएको फोटो प्रदर्शनी ‘फोटो एक्जिबिसन अन गान्धीजी’ सुरु भएको छ । राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीमा राखिएका गान्धीका तस्बिरहरू नयाँदिल्लीस्थित गान्धी स्मृति दर्शन समितिले संकलन गरेको हो।

प्रदर्शनीको शुभारम्भ गर्दै नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गान्धीको आफ्नै किसिमको महिमा रहेको बताए । ‘गान्धीजी भन्नासाथ हामीले भारतको आजादी, नेपालको लोकतान्त्रिक आन्दोलन सम्झनुपर्छ’, उनले भने, ‘उहाँ विश्वकै लागि एउटा शान्तिका प्रवर्तक हुनुहुन्छ ।’

पूर्व सभामुख दमननाथ ढुंगानाले गान्धी प्रत्येकको अन्तरआत्मामा रहेको बताए । ‘गान्धीजीलाई जीवनमा शान्तिपूर्ण आन्दोलन वा हिंसात्मक गतिविधि भन्ने दुईवटा विकल्प थिए । तर उहाँले हिंसालाई छोडेर शान्तिको बाटो रोज्नुभयो’, ढुंगानाले भने, ‘आज हामीलाई धेरै गान्धी चाहिएको छ । दुतावासले उहाँको फोटो प्रदर्शनी नेपालभर गर्न सके अझ राम्रो सन्देश जानेछ।’

काँग्रेस नेता प्रदीप गिरीले आउने पुस्ताले पनि गान्धीलाई सम्झिइरहने बताए । ‘गान्धी नहुनु भने दक्षिण एसियाको शान्तिपूर्ण आन्दोलन पुरा हुँदैन थियो । उहाँको सिद्धान्त केबल शान्ति नै थियो’, गिरीले भने। भारतीय राजदुत मञ्जीव सिंह पुरीले गान्धी प्रति आम मानिसको लगाव मनन योग्य रहेको बताए । प्रदर्शनीमा गान्धीको बाल्यकालदेखि विभिन्न तस्बिरहरू राखिएका छन् । प्रदर्शनी मार्च १३सम्म चल्नेछ।

 

प्रकाशित: २७ फाल्गुन २०७५ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App