१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कर्पोरेट

मुक्तिनाथ विकास बैंकको कृषि वित्त ३६० सुरु

मुक्तिनाथ विकास बैंकले २० औँ वार्षिकोत्सवको पूर्वसाध्यमा विभिन्न कार्यक्रम गरेको छ ।  

बैंकले शुक्रवार काठमाडौँमा वार्षिकोत्सवको पूर्व सन्ध्यामा मुक्तिनाथ कृषि वित्त ३६० कृषिलाई सशक्त बनाउँदै, विकासलाई सक्षम बनाउँदै कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदनप्रसाद परियारले यस बैंकले ग्रामीण किसानहरूसँगको कार्यप्रति आफू लामो समयदेखि परिचित भएसँगै बैंकले सहराणिय कार्य गरेको बताए ।  

यस वर्षले विशेष गरी वित्तीय समावेशिता र कृषि उद्यमलाई प्राथमिकता दिँदै आएको बैंकप्रति आफू गौरावित भएको मन्त्री डा.परियारले बताए ।  

यस विकास बैंकले आगामी दिनमा पनि ग्रामीण समृद्ध वित्तीय समावेशीकरण र कृषि उद्यमलाई सबल बनाउन अग्रणी भूमिका खेल्नेका आफू विश्वस्त रहेको मन्त्री डा.परियारको भनाइ छ ।  

सरकारले विगतदेखि नै कृषि उद्यमी तथा व्यवसायीहरूलाई कृषि ऋण, पशुपन्छी बिमा र विभिन्न प्रकारका अनुदानहरू वित्तीय सेवाहरू उपलब्ध गराउने नीतिलिई कार्यान्वयन गर्दै आइरहेको मन्त्री डा.परियार बताएका छन् । कार्यक्रममा बैंकिङ विज्ञ अजय श्रेष्ठले नेपालमा कृषिको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित: १८ पुस २०८२ १९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App