कपिलवस्तुका १० पालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७३ उजुरी हालेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि पुस १७ सम्म साढे पाँच महिनाको अवधिमा कपिलवस्तुका १० पालिकाविरुद्ध अख्तियारका २ सय ७३ उजुरी परेका हुन् ।
यति कै धेरै उजुरी दर्ता भएको यो अहिलेसम्मकै उच्च संख्या हो ।
लुम्बिनी प्रदेशको नौ जिल्ला मध्ये रुपन्देहीपछि दोस्रो उजुरी धेरै पर्ने जिल्ला कपिलवस्तु रहेको छ। रुपन्देहीमा ३६७ उजुरी परेको छ । सबैभन्दा बढी कृष्णनगर नगरपालिकामा ६७ र सबै भन्दा कम शिवराज नगरपालिकाविरुद्ध तीन उजुरी परेको छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले मायादेवी गाउँपालिकामा राखेको भ्रष्ट्राचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धी अन्तक्रिया कार्यक्रममा आयोग बुटवलका प्रमुख तथा सह सचिव बिनिता भट्टराईले यो जानकारी दिएकी हुन् ।
त्यस्तै दोस्रो बढी उजुरी पर्नेमा सुद्धोधन गाउँपालिकाको ४६ उजुरी परेका छन । तेस्रोमा यशोधरा गाउपालिकाको ४३, कपिलवस्तु नगरपालिकाको ४२ उजुरी छन । बाणगंगा नगरपापालिकाका र मायादेवी गाउपालिकाको २४/२४ वटा, विजयनगर गाउपालिकाको ११, बुद्धभूभी नगरपालिकाको ७ र महाराजगंज नगरपालिकाको ६ वटा उजुरी छन । उजुरी मध्ये १ सय १२ वटा फर्छ्यौट भएका छन भने १ सय ५३ वटा फछ्यौट गर्न बाँकी छन । लुम्बिनी प्रदेशको नौ जिल्लामा साढे ५ महिनाको अवधिमा कुल १ हजार ७३ उजरी परेकामा ५ सय ४ फछ्यौट भएको र ५ सय ६९ फछ्यौट गर्न बाँकी छ ।
उजुरीको सूची

स्थानीय तहमा विकास निर्माण र शिक्षा र स्वास्थ्य जस्ता काममा धेरै उजुरी पर्ने गरेको प्रमुख भट्टराईले बताईन । उनले स्थानीय जनप्रतिनिधी, कर्मचारी र नागरिक समाज मिलेर भष्टचार नियन्त्रणमा सहयोग गनुपर्ने बताईन । सो अवसरमा मायादेवी गाउँपालिकाका अध्यक्ष बलिउद्दीन मुसलमानले आफैँबाट भष्टचार नियन्त्रण गर्ने प्रतिवद्धता जाहेर गर्दै सबैले भष्टचार नियन्त्रण गरी शुसासन कायम गर्नुपर्ने बताए ।
आयोग बुटवलकी प्रमुख भट्टराईको अध्यक्षता, तलसी ज्ञवालीको सञ्चानलमा भएको कार्यक्रममा कार्यक्रममा मायादेवी गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत नरेन्द्र यादव उप सचिव गीता आचार्य कमला लामिछाने , वडाध्यक्षहरु, विषगत शाखा प्रमुख लगायतको सहभागिता थियो ।
प्रकाशित: १८ पुस २०८२ २०:०६ शुक्रबार





