१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस निर्णयः १५ औँ महाधिवेशन अघि बढिसक्यो, विशेषको औचित्य स्वतः समाप्त (निर्णयहरू)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले १५ औँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै विशेष महाधिवेशनको मागको औचित्य स्वतः समाप्त भएको निर्णय गरेको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकको सार्वजनिक निर्णयको पहिलो बुँदामै उक्त कुरा उल्लेख छ।  

‘मिति २०८२ मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत् निर्णय गरी पार्टीको विधान बमोजिम महाधिवेशनको प्रक्रिया अघि बढिसकेको सबैलाई अवगत नै छ,’ निर्णयमा भनिएको छ, ‘यसरी नियमित १५ औं महाधिवेशनको कार्यतालिका बमोजिम आवश्यक प्रक्रिया अघि बढिसकेको सन्दर्भमा विधानबमोजिम समयमै नियमित १५ औं महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको व्यहोरा स्पष्ट गरिन्छ।’

निर्णयको पूर्ण पाठ

May be an image of text
May be an image of ticket stub, blueprint, map and text
May be an image of ticket stub and text

 

May be an image of text

प्रकाशित: १८ पुस २०८२ २०:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App