विश्वभरका दर्शकले व्यग्र प्रतीक्षा गरिरहेको नेटफ्लिक्सको चर्चित कोरियन शृङ्खला ‘स्क्विड गेम’ को तेस्रो तथा अन्तिम सिजन शुक्रबार प्रिमियर हुँदैछ।
नेटफ्लिक्सका अनुसार, दोस्रो सिजनको रक्तपातपूर्ण अन्त्यपछि सुरु हुने यस कथामा गि-हुन आफ्नो जीवनको सबैभन्दा निराशाजनक अवस्थामा देखिनेछन्।
आफ्नो सबैभन्दा मिल्ने साथी गुमाएपछि र ‘द फ्रन्ट म्यान’ (ली ब्युङ-हुन) बाट धोका पाएपछि उनी चरम निराशामा छन्। यद्यपि, ‘स्क्विड गेम’ कसैका लागि रोकिँने छैन। गि-हुनले अझ घातक खेलहरूमा बाँकी खेलाडीहरूसँग आफ्नो अस्तित्वका लागि लड्नुपर्नेछ।
शृङ्खलाका निर्माता ह्वाङ डोङ-ह्युकका अनुसारस सिजन गि-हुनको असफलतापछिको यात्रामा केन्द्रित हुनेछ।
सन् २०२१ मा प्रिमियर भएदेखि नै यि शोले विश्वभरका प्रशंसकहरूको मन जितेको छ। यसले समाजको असमानता र मानवभित्रको क्रूरतालाई चित्रण गरेको छ।
‘स्क्विड गेम’ सिजन ३ का सबै एपिसोडहरू शुक्रबार (जुन २७) बाट नेटफ्लिक्समा स्ट्रिमिङ हुनेछन्।
निर्माता ह्वाङ डोङ-ह्युकले यो शृङ्खलाको तेस्रो सिजन नै अन्तिम हुने पुष्टि गरिसकेका छन्।
प्रशंसकहरूलाई लेखेको पत्रमा उनले कथा यही सिजनमा टुङ्गिने बताएका थिए।
प्रकाशित: १२ असार २०८२ २१:२४ बिहीबार





