२३ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

महानायकका रूपमा राजेशको प्रशंसा गर्दै दीपकराजले दिए 'नरसिंहा'का लागि शुभकामना

चलचित्र निर्माता तथा अभिनेता दीपकराज गिरीले महानायकका रूपमा राजेश हमालको प्रशंसा गरेका छन्। आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउँदै गरेको राजेश अभिनीत चलचित्र 'नरसिंहा'लाई शुभकामना दिँदै गिरीले हमालको प्रशंसा गरेका हुन्।

यसअघि कोरोनाकालमा दीपकराजकी सहकर्मी दीपाश्री निरौलाले राजेशका बारेमा बोलेकी थिइन्। एक अन्तर्वार्ताका क्रममा उनले 'राजेश हमाल महानायक हुन् र ?' भनेर भनेकी थिइन्। त्यो धेरै विवादित बन्यो। जहाँ, दीपकराज पनि मुछिन आइपुगेका थिए। त्यसपछि खासगरी सामाजिक सञ्जालहरूमा दीपकराजलाई महानायक भनेर आलोचना गरिन्थ्यो।

दीपकराजे त्यो क्षण पनि सम्झिएका छन्। राजेशसँगको आफ्नो सहकार्य र कोरोनाकालको उक्त विवाद सम्झिँदै दीपकराजले लेखेका छन्, 'पछिल्ला दिनमा हाम्रो भेट हुँदा पनि त्यही आदरभावले नै भेटेको छु। किनकि, आफू जहाँ पुगे पनि संस्कारचाहिँ भूल्नुहुन्न भन्ने कुरा मैले राम्ररी बुझेको छु।'

उनी अगाडि लेख्छन्, 'राजेश हमालज्यूसँग पर्दामा सँगै देखिने अवसर जुट्यो। त्यसपछि पहिलो फिल्म निर्माण गर्ने मौका पाएँ- छ एकान छ। त्यसमा पनि राजेश हमालज्यूले अभिनय गरिदिएर हामीलाई गुण नै लगाउनु भएको थियो। हाम्रा चलचित्रहरूले सफलता प्राप्त गरिरहँदा हलमा आएर बधाई पनि दिनुभएको थियो।'

राजेश लगभग ८ वर्षपछि रजतपटमा फर्किएका हुन्। पछिल्लो समय उनी साना पर्दाहरूमा देखिरहँदा पनि चलचित्र नै भने खेलेका थिएनन्। यही प्रसङ्ग जोड्दै दीपकराजले लेखेका छन्, 'आदरणीय महानायक राजेश हमाल दाइलाई चलचित्र नरसिंहा अवतारको धेरै धेरै शुभकामना।'

प्रकाशित: ८ जेष्ठ २०८२ १९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App