६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

विशेष महाधिवेशन पक्षधरले देउवा, खड्का, कोइरालालाई पनि पत्राचार गर्ने

नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वानकर्ताले सहभागिताका लागि सभापति शेरबहादुर देउवालगायत शीर्ष नेतालाई पनि पत्राचार गर्ने जनाएका छन्। विशेष महाधिवेशन पक्षधरले शुक्रबारै सभापति देउवासहित कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, अन्य पदाधिकारी र पूर्व पदाधिकारीलाई निमन्त्रणा पठाउने तयारी गरेको छ।  

आफूहरूले घोषणा गरेको विशेष महाधिवेशनको अपनत्व लिइदिन पनि केन्द्रीय समितिले शनिवारसम्म पर्खने विशेष महाधिवेशन सचिवालय प्रमुख मनोजमणि आचार्यले बताए। नभए आफै आयोजक बन्ने उनले बताए।  

आफै आयोजक बन्दा आफ्नै पार्टीका नेतालाई निमन्त्रणा गरे पनि अन्य पार्टीका नेतालाई भने नबोलाउने तयारी विशेष पक्षधरको छ।  

प्रकाशित: २५ पुस २०८२ १६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App