‘के भयो बूढो?’ गौरीले सोधिन्।
‘के भयो र? केही भएको छैन।’ राकेशले भन्यो तर उसको अनुहारमा केही परिवर्तन भएको महसुस गर्न सकिन्थ्यो। छोराछोरी आफ्नै तालमा रमाइरहेका थिए।
‘मुखले ठिक्क पारेर मात्र भएन् , श्रीमानज्यू। अनुहार पनि हँसिलो बनाउनुस् न।’ गौरीले हल्का जिस्किने पाराले भनिन्।
हाँस्न त राकेश पनि खिस्स हाँस्यो तर उसको हाँसो निकै बनावटी देखिन्थ्यो।
‘अघि खिचेको फोटो सामाजिक सञ्जालमा राखी सकेछ।’ छोरातर्फ हेर्दै राकेशले भन्यो।
घाम डुब्ने बेलामा खिचेका निकै सुन्दर फोटाहरू थिए उनीहरूका।
‘राख्न दिनु न त, भोलि अझ राम्रा खिच्न पाइएला। भोलिको भोलि नि राखौँला।’ गौरीको सहज जवाफ थियो।
‘मलाई साथीहरूले मार्ने भए अब।’ उसले भन्यो।
‘किन नि?’ गौरीको छोटो प्रश्न थियो।
राकेशले आफ्नो समस्या बतायो, ‘काठमाडाैंको आन्दोलन छोडेर सुटुक्क हिँडेको म लोमान्थाङ्ग पुगेको देखेपछि के भन्लान् साथीहरूले। "
प्रकाशित: ५ वैशाख २०८२ १२:२२ शुक्रबार





