स्नेहाको अनुहार मात्र हेरिरहन्छ्न् असज। केही बोल्न सकेकाे हुँदैन। स्नेहाको नजर खालि झ्यालबाट बाहिरको आकाशतिर डुलिरहन्छिन्। कोठा बिलकुलै मौन सन्नाटा देखिन्थ्यो।
‘औषधि खायौ?’
-अब खान्छु। असंजको सोधाइ भुईमा खस्न नपाउँदै स्नेहा जवाफ दिन्छिन्।
‘खान बिर्सेला स्नेहा!’
‘अब खान्छु औषधि। यही बच्चाका लागि त मैले जिउनुपर्छ मैले!’ स्नेहा मातृवात्सल्य भावनाबाट बग्छिन्।
असज उदास थियो। स्नेहाको रिपोर्ट हेरेर पनि मुटु दह्राे पारिरहेको थियो। स्नेहा आफ्नो मनदेखि विक्षिप्त नहोस् भनी ऊ सजग थियो।
स्नेहाले पुलुक्क हेर्छिन् अंसजलाई। स्नेहाले उनको प्रेमिल भाव बुझेकी थिइन्। त्यसैले त अंसजको आँखाको नानी चाहर्छिन् जहाँ आँसुका बुँद रसिरहेका हुन्छन् मात्र गहमा झर्न सकेका थिएन।
समय र परिवेश पनि एकिन थिएनन् यी अलग दुई ध्रुवीय पनि यति नजिकी अंकुरित हुन्छ भनेर। स्नेहा हुनेखानेकी छोरीले आफैं मन पराएर अंसजसँग गएकी थिइन्।
एक भेटघाट क्रमपछि स्नेहा र अंसजको प्रेमले उत्सर्ग लिएको थिए। आखिर उनीहरूको सम्बन्धदेखि स्नेहाका अभिभावक रुष्ट थिए। त्यो रात असज सुत्न पनि सकिरहेका थिएन। उनको वरिपरि डाक्टरले रिपोर्ट हेरी अंसजलाई भनेको कुराले चोटकाे भुमरीमा ऊ घुमिरहन्छ्न्।
दुई जिउकी स्नेहाको दुइटै किडनी ड्यामेजका कारण प्रशवका समय बच्चा जीवितै जन्माउँदा आमाको मृत्यु निश्चित हुन सक्ने खालको निर्क्यौल रिपोर्टले असज निकै गलिरहेको थियो।
आज या भोलि डेलिभरिको मिति नजिकै आइसकेको थियो। नभन्दै आज हस्पिटल जाने दिन थियो। स्नेहाको अपरेशनबिना डेलिभरी असम्भव थियो। बाहिर तेजले पानी परिरहेको थियो त्योभन्दा पनि ठूलो पानी अंसजको मनमा दर्किरहेको आभास नकार्न सकिँदैन थियो।
स्नेहाको कान्त अनुहार देखेर अंसज नाजुक परिस्थितिको सामना गर्न आफ्नो अनुहारमा भाव परिवर्तन गरेको हुँदैन। स्नेहा बच्चा जन्माउन आत्तुर थिइन्। हस्पिटल भर्ना भएको भोलिपल्टै इमेर्जेन्सी ओपिडीमा स्नेहालाई लगिँदै थिइन्।
अंसज स्नेहालाई निहुरेर एक टक्क हेर्छन्।
‘अंसज अल बिदा हाम्रो मायाको चिनो यो बच्चालाई म सम्झेर काखमा लिनु, म उनका लागि मर्न सक्छु।’
स्टेचरमा रहेकी स्नेहाले आफूतिर निहुरिएका अंसजको गाला मुसार्दै भन्दै थिइन्।
‘स्नेहा तिमीलाई केही हुँदैन।’ अंसजको चीत्कार गुञ्जिन्छ। अंसजमा स्नेहालाई आफू रिपोर्टबारे अनभिज्ञ नभएकी रैछिन् भन्ने हेक्का उर्लेर आउँछन्। ओपिडीको ढोका बन्द नभएसम्म कहिले आँसु नझार्ने अंसज आफ्नो दुखकाे हिस्सालाई गहभरि रुझाई हातले पुछ्दै हेरिरहेका थिए।
प्रकाशित: २८ चैत्र २०८१ ११:२५ बिहीबार





