२७ चैत्र २०८१ बुधबार
image/svg+xml ५:२४ पूर्वाह्न
कला/संस्कृति

राप्ती साहित्य परिषद् दाङ शाखाबाट स्रष्टालाई सम्मान

‘राप्ती साहित्य परिषद् दाङ’ शाखाले वार्षिक साधारण सभाकाे अवसरमा काव्य गाेष्ठीकाे साथ स्रष्टालाई सम्मान अर्पिने भएको छ।

यस वर्ष पुरस्कार छनौट समितिले गरेको निर्णयअनुसार मनोज बुढाथोकीले स्थापना गरेकाे ‘रायज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार’ कवि एवम् समालोचक डा. कृष्णराज डिसीलाई,लालबहादुर आरसी लगायत रावत परिवारले स्थापना गरेकाे ‘वेदवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार’ गायक प्रकाश रेग्मीलाई र कृष्णप्रसाद अधिकारी (कृष्ण-गायत्री प्रतिष्ठान) ले स्थापना गरेकाे कृष्ण गायत्री प्रज्ञा पुरस्कार कवि, समालोचक, अनुसन्धानकर्ता डा. कृष्णराज सर्वहारीलाई अर्पिने भएको छ।

सो प्रतिभा छनोट समितिमा राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार  दीपक शर्मा ‘समीर’ संयोजक तथा सदस्यमा निवर्तमान उपाध्यक्ष शारदा शर्मा, वर्तमान उपाध्यक्ष सुरेशकुमार पाण्डेय र सदस्य सचिवमा परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मी छन्।

त्यसैगरी यस वर्ष परिषद् दाङ शाखाको भर्खरै सम्पन्न बैठकले अग्रज तीन स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ। सम्मानित हुनेहरूमा साहित्यकार एवम् समाजसेवी विनोद पोख्रेल, साहित्यकार पद्मप्रसाद शर्मा र निवर्तमान अध्यक्ष तथा सल्लाहकार कवि दीपक शर्मा ‘समीर’ रहेका छन्।

यही चैत १६ गते होटेल मालाइन घोराही दाङमा  ‘बहुभाषिक काव्य उत्सव’ का बीच स्रष्टाहरूलाई सम्मान तथा पुरस्कृत गरिने छ।

चैत २३ गते हुने भनिएको सत्रौं वार्षिक साधारण सभा तथा स्रष्टा सम्मान, पुरस्कृत तथा बहुभाषिक काव्य उत्सव विषेश कारणवश चैत १६ गते शनिबारका दिन सारिएको राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीले बताएका छन्।

प्रकाशित: ७ चैत्र २०८१ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App