१० पुस २०८२ बिहीबार
image/svg+xml
कला

प्रतिबद्धता

लघुकथा

“भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन प्रवर्द्धन गर्न म प्रतिबद्ध छु।” भर्खरै सपथ खाएका मन्त्रीले जुँगामा ताउ लाउँदै भने। जनताले परर्र ताली बजाए। शुभेच्छुक मतदाताहरू उनलाई बधाई दिन मन्त्रीनिवास पुगेका थिए। उनीहरूले यही प्रतिबद्धतामा भरोसा गरेर उनलाई भारी मतले विजयी बनाएका थिए।

उसले फेरि भने,“हेर्नुस्, म खाली हात पसेको छु। बेदाग पसेको छु। म यत्तिकै निस्किन्छु, यो मेरो वाचा भयो।”

यसै बेला चिल्लो कारबाट ठुलो भुँडी भएको एउटा मान्छे निस्क्यो र पुष्पगुच्छा, खादा, र मालासहित बधाई दियो। “तपाईंहरू चिया पिउँदै गर्नुहोला एकछिन है।” मन्त्री गोप्य कक्षमा पसे।

“म फलानो व्यापारी हजुर, चुनाव खर्च जुटाउने मान्छे।” उसको कुरा सुनेर मन्त्री मुसुक्क हाँसें। ढोकाको आडैमा उभिएको अघि बधाई दिने एकजनाले देखिरहेको थियो।

“ल लिइस्योस् यो सानो भेट। हजुर ठेक्कापट्टा मिलाइदिनुस्, म नगदनारायण मिलाइदिइरहन्छु, यो मेरो प्रतिबद्धता।”

-इन्दिरा चापागाईं

प्रकाशित: १६ माघ २०८१ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App