‘शारदा’ मासिकको ‘हस्तलिपि गीत अङ्क’ काे लाेकार्पण भएकाे छ। साहित्यकार प्राडा गोविन्दराज भट्टराईकाे प्रमुख आतिथ्यमा कृतिकाे लाेकार्पण भएकाे हाे।
वरिष्ठ साहित्यकार विमल भौकाजीले सम्पादन गरेकाे ‘शारदा’ को ‘हस्तलिपि गीत अङ्क’ प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराई, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका अध्यक्ष वरिष्ठ गीतकार वसन्त वित्यासी थापा, डा. दामाेदर पुडासैनी, युवराज नयाँघरे, सम्पादक विमल भाैकाजी लगायतले कृतिकाे लाेकार्पण गरेका हुन्।
कार्यक्रममा ‘शारदा’ का सम्पादक विमल भौकाजीले हस्तलिपि गीतसंग्रह निकाल्नुकाे औचित्य प्रस्टयाएकाथिए।
लाेकार्पित कृतिमा डीआर राई, रवि प्राञ्जल, त्रिविक्रम पाण्डे, उषा शेरचन, गाेपीकृष्ण ढुंगाना, प्रमाेद स्नेही, विजय सुब्बा, रत्न प्रजापति, दिव्य गिरी, बाबुराम श्रेष्ठ यात्री, पुष्पा खनाल, विजयध्वज थापा, भावेश भुमरी, डा. रूपेश श्रेष्ठ, निशा केसी, राधेश्याम लेकाली, श्रीबाबु कार्की, क्रान्ति श्रेष्ठ, ललिता दाेषी, वसन्तराज अज्ञात, डा. ऋषि बस्ताकाेटी, विष्णा विरही, सुवासचन्द्र ढुंगेल, सुवी सुधा आचार्य, ठाकुर बेलबासे, माणिकरन्त शाक्य, अमरदिप सुनुवार, कुमार काफ्ले लगायत चाैसाठी गीतकारकाे गीत समेटिएकाे छ।
उक्त लाेकार्पणमा वरिष्ठ मुक्तककार रुद्ध अधिकारी, प्रमोद सारङ, उषा केसी, ललिता दाेषी लगायतकाे उपस्थिति रहेकाे थियाे।
प्रकाशित: १४ माघ २०८१ १२:११ सोमबार