२४ चैत्र २०८१ आइतबार
image/svg+xml ४:४१ पूर्वाह्न
कला

‘विश्वासमाथि उभिएर’ कवितासंग्रहको लाेकार्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्कले राजधानी कोपनहेगनमा कवि सुदर्शन पोखरेलको कवितासंग्रह ‘विश्वासमाथि उभिएर’ को लाेकार्पण गरेकाे छ।

प्रमुख अतिथि नेपाली दूतावासकी कार्यवाहक राजदूत सावित्रा वलीले संग्रहको विमोचन गर्दै परदेशमा नेपाली भाषामा पुस्तकहरू लेखिएर पठन संस्कृति अभ्यास हुनु सराहनीय भएको बताइन्। कार्यवाहक राजदूतवलीले भाषा र साहित्यको सेवा निरन्तर भए मात्र यसले हाम्रो पहिचान स्थापित गरिराख्ने बताइन्।

लाेकार्पित कृतिबारे टिप्पणी गर्दै कवि प्रकाश सापकोटाले यस पुस्तक संग्रहमा संकलित कविताहरूमा गहनता, विचार, पौराणिक ज्ञान र विज्ञानसमेतको मिश्रणले भरिपूर्ण भएको बताए।

भर्चुअल माध्यमबाट वरिष्ठ साहित्यकार–नियात्राकार युवराज नयाँघरे र धर्मेन्द्र तिमिल्सिनाले कृति र कृतिकारलाई शुभेच्छा प्रदान गरेका थिए।

कवि  पोखरेलले आफ्नो पहिलो कृति लाेकार्पण गर्न पाउँदा खुशी लागेको बताए। उनले आफ्ना गद्य र पद्य कविताहरू पनि वाचन गरेका थिए।

प्रकाशित: १४ माघ २०८१ ११:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App