१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

साम्राज्य

लघुकथा

‘तिमी केमा सक्षम छौ, त्यो तिमीलाई थाहा छ?’

आमाको प्रश्नले अर्जुनको आत्मा झस्कायो। बाहिरको झ्यालबाट सुमधुर हावा आइरहेको थियो तर अर्जुनको मनमा आँधी चलिरहेको थियो।

अर्जुनले निराश स्वरमा भन्यो, ‘म सक्षम छु, आमा तर यो संसार पैसा मात्र चाहन्छ।’

आमाले नजिकैको तुलसीको माटो समाउँदै भनिन्, ‘संसार तुलसी जस्तै होस् सुगन्ध फैलाउने, घामले सुकाउने तर औषधि बनाउने।’

अर्जुनले घडी हेर्दै ठूलो कम्पनीको प्रस्तावलाई इन्कार्याे। उसले गाउँमा पुस्तकालय खोल्ने निर्णय गरेको कुरालाई मूर्त रूप दिने सोच्यो।

गाउँका बालबालिकाहरू किताबमा हराउन थालेको सपना देख्यो। पुस्तकालय खालि भवन होइन, परिवर्तनको केन्द्र बन्ने निश्चय गर्‍याे।

आफू एक सफल लेखक बनेको कल्पनामा हरायो। अनि आफ्नो योजना सुनाइसकेपछि आमासँग उसले मुस्कुराउँदै भन्यो, ‘यति गरे मेरो गोजीमा पैसा हुनेछ, दिमागमा ज्ञान हुनेछ, मुटुमा दया रहनेछ, अनुहारमा आत्मविश्वास जीवन्त हुनेछ र आत्मामा जिम्मेवारी बोधले साम्राज्य स्थापना गर्नेछ।’

- नन्दलाल आचार्य     

प्रकाशित: २५ पुस २०८१ १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App