११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

‘सिक्स-ए आकाश गंगा’ उत्कृष्ट

सर्ट फिल्म र डकुमेन्ट्रीहरूको दक्षिण एसियाली मेला ‘फिल्म साउथएसिया’ मा निर्मलचन्द्र ढन्द्रियालको ‘सिक्स-ए आकाशगंगा’ ले उत्कृष्ट फिल्म अवार्ड जितेको छ।

ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा सोमबार फिल्म साउथएसियाको समापन समारोहमा निर्देशक ढन्द्रियालको ‘सिक्स–ए आकाशगंगा’ ले उत्कृष्ट फिल्म घोषित हुँदै रामबहादुर ट्रफीसहित दुई हजार डलर पुरस्कार जितेको छ।

मंसिर ६ देखि सुरु भएको फिल्म साउथ एसियाको चौधौं संस्करणमा ‘फिल्म साउथ एसिया सम्मान’ बाट फिल्मकर्मी आनन्द पटवद्र्धनलाई प्रदान गरिएको थियो। त्यस्तै उनको फिल्म ‘द वल्र्ड फ्यामिली’ लाई डकुमेन्ट्री स्टलवार्ट अवार्ड प्रदान गरियो।

साउथ एसिया गुठीले आयोजना गरेको महोत्सवमा पत्रकार सुविना श्रेष्ठ र चर्दी कलाको सशस्त्र द्वन्द्वमा माओवादीबाट खटिएकी देवी खड्काको भोगाइमा आधारित ‘देवी’ र प्रतीक शेखरको ‘एन ओड टु रेजिलेन्स’ लाई जुरी अवार्ड प्रदान गरिएको थियो। ‘देवी’ डकुमेन्ट्रीले द्वन्द्वकालमा महिलाले भोगेका बलात्कार र यातनाका कथा समेटेको छ। यस वर्षको पाँच सय डलरसहितको उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड समीक्षा माथुरको ‘हेलो गाइज’ ले हात पर्‍यो। 

प्रकाशित: ११ मंसिर २०८१ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App