१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

गीतकारको रूपमा डिआइजी कार्की

नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीले सिर्जना गरेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका छन्। गीतमा चर्चित चार गायकगायिकाको स्वर रहेको छ। गायक राजेशपायल राई, मेलिना राई, बेनिसा पौडेल र समीर खरेलको स्वर रहेको छ। गीतको भिडियोमा चार कलाकारले प्रहरीको भूमिकामा अभिनय गरेका छन्।

रमेश उप्रेती, प्रियंका कार्की, प्रकाश सपुत र बेनिसा हमाललाई भिडियोमा प्रहरीको भूमिकामा देख्न सकिन्छ। त्यस्तै गीतको भिडियो निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक गम्भीर विष्टले गरेका छन्। गीतको स्टोरी र भिडियो कन्सेप्ट भने सरोज ओलीको रहेको छ। श्यामश्वेत रसाइलीको एरेन्ज रहेको यो गीतको भिडियोमा  पवन सुसलिङको सम्पादन तथा छायांकन रहेको छ।

‘यो गीतमा हिमालको टुप्पोदेखि तराईको गर्मीसम्म जनताको सेवा र सुरक्षार्थ खटिने नेपाल प्रहरीको अव्यक्त भावना व्यक्त गरिएको छ,’ ‘गीतका गीतकार एवं प्रहरी प्रवक्ता कार्की भन्छन्, ‘यो गीतमा प्रहरीका दुःखहरू पनि छन्, नागरिकप्रति खटिने चाहनाहरू छन्, राष्ट्र र राष्ट्रियताप्रतिको अटल प्रयत्न पनि प्रस्तुत गर्न खोजिएको छ।’

प्रकाशित: २३ भाद्र २०८१ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App