स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयकै नीति तथा योजना महाशाखाका प्रमुख डा.कृष्ण पौडेललाई निमित्त निर्देशकको जिम्मेवारी दिएको छ ।
केही पाँच दिनअघि बोर्डका निर्देशक रघुराज काफ्लेले राजीनामा दिएपछि पौडेललाई निमित्तको जिम्मेवारी तोकिएको हो । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई आधिकारिक पत्र दिएर जिम्मेवारी तोकेको हो ।
पत्र लिएपछि डा. पौडेल बुधवारदेखि नै जिम्मेवारी समाल्ने बोर्डले जनाएको छ। जिम्मेवारी पाएपछि पौडेलले भने, ‘जिम्मेवारी दिएपछि आजैबाट काम सुरु गर्छु’ ।
स्वास्थ्य बिमा ऐन २०६४ बमोजिम निर्देशकको नियुक्ति लोकसेवा आयोग मार्फत् हुन्छ । खालि भएको र बोर्डमा कार्यक्रमको संकट परेकोले प्रक्रिया पूरा नहुन्जेलको लागि जिम्मेवारी समालेको डा.पौडेलले बताए ।
प्रकाशित: ७ माघ २०८२ १६:४७ बुधबार





