१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

डा.मिश्रासँग विशेषले माग्यो पाँच लाख धरौटी

विशेष अदालतले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा.संगिता कौशल मिश्रासँग ५ लाख धरौटी माग गरेको छ।  

अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार मिश्रासँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो। महानिर्देशक हुँदा उनले भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो।  

सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चा भएपछि उनले अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् । तर भ्रष्टाचार मुद्दा विचाराधीन अवस्थामा रहेपछि प्रधानमन्त्री कार्कीले मन्त्रीका लागि सिफारिस गरेपनि उनलाई मन्त्री नियुक्त गरिएको थिएन। 

गत फागुन २२ गतेको मन्त्रिपरिषद बैठकले उनलाई छाडेर डा.विकास देवकोटालाई सचिव नियुक्त गरेको थियो। वरिष्ठता मिचेर सचिव नियुक्त गरेपछि विवादित भएको थियो।

प्रकाशित: ७ माघ २०८२ १६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App