४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

फिल्म 'नमेटिने घाउ' को ट्रेलरमा यस्तो देखिए ओली र नेपाल

फिल्म 'नमेटिने घाउ' को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमकाबीच  ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा विभिन्न समय र स्थानमा भएका एसिड आक्रमणका घटनामा परेका पीडितहरूको कथा प्रस्तुत गरिएको छ।

एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहित भएका प्रदर्शनलाई पनि देखाइएको छ।

त्यसो त यो फिल्ममा  प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि भूमिकामा अभिनय गरेकाले फिल्म चर्चामा छ।

ट्रेलरमा सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहितको प्रदर्शनमा पुगेर ऐक्यबद्धता जनाएको देखाइएको छ।

त्यस्तै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि अपराध गर्नेले दण्ड भोग्नुपर्ने डाइलग भनेको ट्रेलरमा देखाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भने एसिड पीडितलाई आफूले न्याय दिने बताएका छन्।

मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतले यसमा अभिनय गरेका छन्।

प्रहरी उपरीक्षक द्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सयभन्दा बढी प्रहरीको अभिनय हेर्न सकिने जनाइएको छ।

प्रकाशित: २४ श्रावण २०८१ १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App