नेकपा एमाले र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा सहमति भएको छ। दुई दलबीच आइतबार आगामी फागुन २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो।
सहमति अनुसार नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने तथा एमालेले आवश्यक समयमा नेपाल परिवार दलको प्रतिनिधित्व संघीय संसद् र प्रदेश सभामा गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सहमति पत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले हस्ताक्षर गरेका छन्। दुवै दलबीच सहमतिमा हस्ताक्षर कार्यक्रममा नेताहरू मिलन राजवंशी, प्रकाश थापालगायतको उपस्थिति रहेको थियो।
प्रकाशित: ५ माघ २०८२ ०९:२९ सोमबार





