२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

तमसोमा ज्योतिर्गमय

गुरु र पारस अर्थात् पत्थरमा अवश्य भिन्नता छ किनकि पारसले फलामलाई सुन बनाउन सक्छ तर गुरुले शिष्यलाई आफू समान महान् बनाउने प्रयास गर्छन्। यो मर्मलाई नबुझेर गुरुको सामग्री चोरी गरेर आफैं गुरु हुने शिष्यहरूको भिड छ आजको बजारमा।  

सन्त कविर भन्छन्, शिष्य कुबुद्धिरूपी हिलोले भरिएको हुन्छ, त्यो हिलो सफा गर्न गुरुको ज्ञान नै महŒवपूर्ण हुन्छ। गुरु त्यो करुणा हो, जसले जन्मौं जन्मको शिष्यका अवगुणलाई क्षणभरमा नष्ट गरिदिन्छ। यति हुँदा पनि शिष्यत्व घटित हुँदैन भने त्यो अभाग्यको लक्षण हो।  

सन्त कविर गुरूप्रति अहोभाव व्यक्त प्रकट गर्दै भन्छन्– म गुरुको नै पाउमा पर्छु। गोविन्दसम्म पु¥याउने अर्थात् परमात्मासम्म पु¥याउने मेरा गुरु नै परमात्माभन्दा ठुला हुन्।  

मानव सभ्यताको कुन समयदेखि मानव विकासका लागि गुरु वा गुरुकुलको भूमिका अर्थात् शिक्षक र विद्यार्थीको अवधारणा सुरु भयो त्यो भन्न कठिन छ तर यसमा शंका छैन कि मानव विकासमा गुरुकुल र गुरुको भूमिका महŒवपूर्ण छ। त्यसैले यसको परिकल्पना भयो। मानवको शिशु अवस्थादेखि वृद्धावस्थासम्म पनि वस्तुगत ज्ञान एवं विषयगत ज्ञानका लागि पलपलमा गुरुको आवश्यकता रहन्छ। ‘क, ख, ए, बी’का वर्णमालाबाट सुरु हुने हाम्रो शिक्षा भूगोल, इतिहास, गणित, समाजशास्त्र जुनसुकै विषयको ज्ञान गुरुबाट प्राप्त हुन्छ। स्नातकोत्तर, विद्यावारिधि गर्दासम्म पनि गुरुको महŒवपूर्ण भूमिका रहने गर्छ। त्यसैले नै मानव सभ्यतामा गुरु र शिष्यको महŒवपूर्ण सम्बन्ध बन्यो। ९९ प्रतिशत मानिसलाई जीवन र संसारको सिकाइमा गुरुको आवश्यकता रहन्छ र रह्यो। त्यसैको परिणाम हो विश्वभरमा शिक्षाको भौतिक प्रगति। यो पहिलो स्तरको गुरु र चेलाको सम्बन्ध हुन आउँछ। गुरु त्यस्ता व्यक्ति हुन्, जसले अज्ञानताबाट ज्ञान अर्थात् जानकारीतिर लग्न महŒवपूर्ण भूमिका खेल्छन्।  

आध्यात्मिक परिभाषा हेर्ने हो भने त गुरु शब्द अझै अपूर्ण हुन्छ। अध्यात्ममा गुरु (शिक्षक) अर्थात् ‘गु’ भनेको ‘गुण’, ‘रु’ भनेको ‘अन्धकारबाट उज्यालोतर्फ लग्ने रूप’ भनेर व्याख्या गरिएको छ, जसको अर्थ विशाल छ। शब्दले नै मानव विकासमा गुरुको आवश्यकता र महŒवलाई भावनात्मक, मनोवैज्ञानिक अर्थबाट धेरै नजिकको सम्बन्ध प्रस्तुत गर्छ।  

गुरु नानक गुरुको महिमा बताउँछन्– दुनियाँमा कोही पनि व्यक्ति भ्रममा रहनुहँुदैन तर बिनागुरु कोही पनि भ्रमबाट मुक्त हुन सक्दैन।  

भगवान् बुद्धले गुरुको स्थानमा बसेर व्यक्त गरेका छन्– गुरु त्यो हो जसले तिम्रो अन्धकार र असत्य मार्गको बोध गराई सत्मार्गमा लग्ने काम गर्छ। सत्मार्गमा जाने सम्यक् बाटो भेट्यौ भने तिमी आफैं आफ्नो गुरु खोज्न थाल्छौ। तिमीभित्रको बुद्ध प्रवृत्ति थाहा पाउन सक्यौ भने तिमी थाहा पाउनेछौ गुरुको महिमा। सत्य तिम्रो नितान्त निजी स्वभाव हो, तिम्रो असली गुण हो। गुरुले दीक्षा दिएर तिमीलाई सत्मार्ग देखाउने मात्र हो, त्यो मार्गमा हिँड्ने जिम्मेवारी तिम्रो हो। म सही या गलत बाटोमा छु भन्ने थाहा नपाएका व्यक्तिलाई सत्य, अहिंसा र करुणाको मार्गमा मानिसलाई डो¥याउने काम गुरुको हो। बुद्धले आफूलाई आफ्ना शिष्यहरूको माझ गुरुभन्दा पनि मैत्रेय ‘मित्र’ भन्न रुचाउनुहुन्थ्यो। गुरुसँग शरणको कुरा आउँछ। मित्रसँगको सम्बन्ध समानताको सम्बन्ध हुन्छ। यसबाट प्राप्त हुने ज्ञान र सत्संग बिनासर्तको, बिनातहको र प्रेमपूर्ण हुन्छ भनेर व्याख्या गरेको पनि पाइन्छ।  

गुरुबारे ओशो भन्छन्– गुरुले माटोमुनि पुरिएर रहेको बीजलाई अङ्कुुरित गराएर फल दिने वृक्ष बनाइदिन्छ। अर्थात् जो संसारमा अट्केको र भड्केको छ, त्यसलाई प्रेम र ध्यानको मार्गद्वारा जीवन र जगत्को ज्ञान दिन सक्ने एक मात्र व्यक्ति गुरु हो भनेर व्याख्या गर्छन्। ओशो गुरुबारे अझ प्रस्ट पार्छन्– गुरुले धेरै अन्योल र अज्ञानतामा रुमलिएको व्यक्तिलाई ज्ञानको ढोका खोल्ने चाबी प्रदान गर्छ। गुरु ग्राबिटेसन हो अर्थात् गुरु त्यो आकर्षण हो जब तिमी गुरुको नजिक हुन्छौ, तिमी बिस्तारै बिस्तारै आफ्नो नजिक हुने गर्छौ। जब तिमी आफ्नो नजिक हुन्छौ, तिमी परनिर्भर हुन्छौ। जति परनिर्भर हुने कला सिक्छौ, तिमी त्यति नै भय मुक्त र स्वतन्त्र हुन्छौ। व्यक्ति जब संसार र कुण्ठाबाट मुक्त हुन्छ तब स्वयंभित्र डुब्ने फुर्सद पाउँछ। गुरुले अव्यवस्थित जीवन र अस्वस्थ मनस्थितिलाई रूपान्तरण गरेर सकारात्मक जीवन पद्धतिमा लग्न मद्दत गर्छ। पदार्थसँग मात्र तादात्म्य जोडेर सतहमा हराइरहेको मानिसलाई भित्री ज्ञानको गहिराइसम्म पु¥याएर परमात्माको अनुभूति गर्न सक्ने स्थितिमा पु¥याउँछ। दिशाविहीन यात्रामा हिँडिरहेको मानिसलाई संसारको प्रेम, करुणा र देवत्वसम्म पुग्ने यात्राको सत्मार्ग देखाउन गुरुले मद्दत गर्छन् ।

गुरुले मात्र ज्ञान दिँदै, दोष मेटाउँदै, सत्यको मार्ग देखाउँदै मोक्ष सम्म पु¥याउँन सक्छन्। तर यो मार्गमा हिँड्नका लागि गुरुकहाँ खाली भएर, बच्चाजस्तो अबोध, प्रेमपूर्ण भएर मात्र आउनुपर्छ। भरिएको पात्र लिएर कोही गुरुकहाँ जान्छ भने उसले केही प्राप्त गर्न सक्दैन किनकि पात्र पहिल्यै भरिएको छ।  

हाम्रा सन्तहरूको मत र मार्गदर्शनको अनुशरण गर्न सके मात्र हामी असली गुरु÷शिक्षक भएर हाम्रा कलिला बालबालिकाको भविष्यलाई सही मार्गमा लग्न सक्छौं। किताबी ज्ञानले मात्र आँखा खुल्दैन। त्यसैले पाठ्यक्रममा मात्र आधारित नभई नैतिक शिक्षाका कुरा, मनोवैज्ञानिक, आध्यात्मिक गुरुहरूका मार्गदर्शनजस्ता रोचक विषय प्रस्तुत गरी फरक ढंगले केटाकेटीको मन जित्नु आजको शिक्षा हो। जति सिक्छन् साना नानीहरूले, त्यो सकारात्मक कुरा मात्र सिकून्, प्रसन्न भएर सिकून् अनि उनीहरूमा छिपेको खुबी आफैं प्रस्तुत गर्न नडराऊन्। त्यो हो आजको आवश्यकता। यो सानो र बेवास्ताको विषय होइन। ठूलो सत्यता यसमा लुकेको छ। शान्त, समृद्ध नेपालको परिकल्पना गर्ने हो भने हाम्रा कलिला बालबालिकालाई सही मार्गनिर्देश गर्न सक्ने, गुरुको महिमा गाउन लायक असली गुरुहरूको खाँचो छ हामीलाई।  

सत्यको मार्ग कठिन छ। आदि थाहा छैन न त अनादि। सौभाग्यशाली त्यो हो जसले सद्गुरु भेट्छ। आध्यात्मिक यात्रालाई अघि बढाउन र सनातन धर्मलाई जोगाउन गुरुको आवश्यकता पर्छ, जसले आत्म सुमिरनको कलामा डुबाउन भूमिका निर्वाह गर्छ। 

प्रकाशित: ५ श्रावण २०८१ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App