फिल्म ‘डिग्री माइला’ आगामी शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ। फिल्मको अग्रिम टिकट बिक्री सुरु भएको छ।
हलले फिल्मलाई उच्च शो दिएको छ। फिल्मले क्यूएफएक्स बाहेक देशभर ९७ शो पाएको छ। देशको ठुलो हल चेन क्यूएफएक्सले ५८ शो दिएको छ।
निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको हिट जोडीका कारण डीग्री माइला दर्शकको पर्खाइमा छ।
फिल्ममा दयाहाङ राई तथा आँचल शर्माको मुख्य भूमिका छ।
प्रकाशित: २८ चैत्र २०८० १९:०९ बुधबार





