२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १९:४९ अपराह्न
कला

आफ्नो बोली आफैंलाई गलपासो बन्छ कहिलेकाहीं!

पाँच मुक्तक

१) मुक्तक

विश्वास पनि टुट्छ कहिलेकाहीँ,

सम्बन्धहरू फुट्छ कहिलेकाहीँ।

मौकामा चौका हान्नुपर्छ भन्छन्,

अवसरहरू छुट्छ कहिलेकाहीँ।

 २) मुक्तक

भूईं मान्छेका विचार पनि चासो बन्छ कहिलेकाहीँ,

यथार्थ ओकल्यो तर रूञ्चे हाँसो बन्छ कहिलेकाहीँ।

आफू र आफ्ना पनि सधैं अनुकूल हुँदैनन् महाशय,

आफ्नो बोली आफैंलाई गलपासो बन्छ कहिलेकाहीँ।

३) मुक्तक

खुशीले नि आँखा बर्साउँछ कहिलेकाहीँ,

आफ्नै छायाले त तर्साउँछ कहिलेकाहीँ।

बोलेर सबै व्यक्त गर्न पनि त सकिन्न,

मौनताले विरोध दर्शाउँछ कहिलेकाहीँ।

 ४) मुक्तक

पीडा दबाएर पनि हाँसिन्छ कहिलेकाहीँ,

माया गरेको बोटै मासिन्छ कहिलेकाहीँ।

न जीवन न जगत चल्छ एकनास सधैं,

जमिन पनि आफैं भासिन्छ कहिलेकाहीँ।

५) मुक्तक

मठमन्दिर धाइन्छ कहिलेकाहीँ,

धाकधक्‍कु लाइन्छ कहिलेकाहीँ।

विश्‍वास पनि सधै पूरा हुँदैन मित्र,

धोका पनि त खाइन्छ कहिलेकाहीँ।

प्रकाशित: १० चैत्र २०८० ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App