२० पुस २०८२ आइतबार
image/svg+xml
कला

विनेसाम ललितपुरको पाँचौं श्रृङखला

विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाको पाँचौं श्रृङखला सम्पन्न भएकाे छ।

नेपाल प्रज्ञाप्रतिष्ठान काव्य विभाग प्रमुख प्राज्ञ बाबा बस्नेतकाे प्रमुख आतिथ्य, ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहकाे विशिष्ट आतिथ्य र  बुद्धिमान महर्जनको सभाध्यक्षतामा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा कवि रामनाथ अधिकारी संगीलाई काव्य सम्मान, साहित्यकार राजेशमान केसीलाई विज्ञान साहित्य सम्मान, साहित्यकार नीरा श्रेष्ठ महर्जनलाई साहित्य सम्मानपत्र र बुद्धि विकास मण्डल (पुस्तकालय) लाई कदरपत्र प्रदान गरिएकाे छ। साथै स्रष्टाहरू सुजाता अर्याल र रामनाथ अधिकारी संगीलाई सदस्यता प्रमाणपत्र र परिचयपत्र प्रदान गरिएकाे थियाे।

प्राज्ञ बाबा बस्नेतले म जान्दिनँ, सक्दिनँ जस्ता मानसिकता त्यागेर विचार बलियो बनाई अघि बढनुपर्ने बताइन्। जन्मजात र प्रकृतिले कोही पछाडि हुँदैन। राम्रोसँग तर्क बहस गर्नुपर्दछ। गाली गर्नु हुँदैन भनेर आफ्नो धारणा राखिन्।

अहिले केही भएको छैन। देशलाई ठप्प छ भन्नु उचित होइन। देशलाई अघि डोर्‍याउने हामी नै हौँ भन्ने धारणा राख्दै उनले कार्यक्रमको  प्रशंसा गर्दै कविता वाचन गरेकी थिइन्।

साहित्यकार मणिराज सिंहले विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाले थोरै समयमा धेरै काम गरेको र अगामी दिनहरूमा थप उर्जाका साथ अगाडि बढ्नुपर्छ भन्ने आफ्नो भनाइ राख्दै कविता वाचन गरेका थिए।

शाखाका महासचिव सुधा मिश्रले प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्दै मैथिली भाषामा कविता पनि वाचन गरेकी थिइन्।

कार्यक्रममा कविहरू-तोयनाथ सुवेदी, चिनीमाया माझी, श्रीराम पौडेल, रामनाथ अधिकारी संगी, राजेशमान केसी, नीरा श्रेष्ठ महर्जन, जुमन किरण, रुविना राना मगर, सुजाता अर्याल, पुष्पराज केसी, शेखर आचार्य, सुनिता अधिकारी लगायतले आफ्नो रचना वाचन गरेका थिए।

शाखाले यो महिनाबाट थालेको जन्मोत्सव मनाउने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

बुद्धिमान महर्जनले `साहित्य उपकार कोष ´यस संस्थाले स्थापना गरेको जसमा प्रत्येक सदस्यले द्वैमासिक रूपमा पाँच सय रूपैयाँ जम्मा गर्ने छन् जो साहित्य र सदस्यको निमित्त नै प्रयोग गरिनेछ भनेर जानकारी गराउदै कविता वाचन गरेका थिए।

सो अवसरमा यस माघमा परेको तीन साहित्यकार महाकवि रामनाथ अधिकारी, विज्ञान साहित्यकार राजेशमान केसी र निरा श्रेष्ठ महर्जनको शुभ जन्मोत्सव केक काटेर मनाइएकाे थियाे।

प्रकाशित: २२ माघ २०८० १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App