६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

नेवाः संस्कृति चिनाउने काव्य

पुस्तक

(गीत, भजन र नेवाःम्ये/चिनाखँ) संग्रह। गुणाधीश राजभण्डारीज्यूका लघु संग्रह। संग्रहित खण्ड १. भजन, २. नेवाःम्ये/चिनाखँ। नेपाल भाषामा कवितालाई चिनाखँ भनिन्छ। भजन खण्डमा १२ स्तुति सङ्गृहीत छन्।

नेवाःम्ये (नेपाल भाषाका गीत–कविता २५ वटा सङ्गृहीत छन्। सविस्तार विवेचनात्मक विश्लेषण गर्नु ८९ औं वसन्तबहार गर्नु रुचिकर लाग्यो। पूर्वाचरणमा गणेश वन्दना गरिएको घटलाग्दो पाएँ पढें।

गणेश वन्दनाका श्लोक पढ्दा अनुभूति गरेँ -आह्लादक। यसनिमित्त कि गुणाधीशज्यूका काव्यात्मक अनुराग लाग्यो ती। त्यो पनि दुई प्रकारले -पहिलो काव्यात्मक अनुराग, दोस्रो संस्कृत वाङ्मयको रसात्मक अनुपोषण। अनुरागले राग अलाप्न प्रेरित गर्छ।

भित्रैदेखिको अन्तरमुग्ध -भित्री अनुराग। राग र अनुरागबिच सूक्ष्मातिसूक्ष्म अन्तर छ। सूक्ष्मातिसूक्ष्म भाव-व्यञ्जनलाई आफ्नै मनको शुर सम्हालेर प्रक्षेपण गर्न सक्नु।

विद्याधीश राजभण्डारीका अन्तरयोगीले सम्भव तुल्याएका यी सुमधुर अन्तरलाप सांगीतिक उद्गार बनेका छन्। उद्गार स्वयम् स्फूर्त संगीतमा परिणत हुन्छन्। भएका छन् त्यस्तै पनि।

मूलतः ‘मेरा मनमा लागेका’ संग्रहमा सङ्गृहीत पुस्तक सर्लक्क पल्टाएँ। सरर पल्टाएँ। जे आउला, उसैमा मन–वचनका भावना पोखूँला भनें आफैंसित। लाग्यो, मनमा आरम्भका ‘सरर घुमेर नाचिदेऊ, आमालाई घुमाई देखाइदेऊ’, नितान्त रोमाञ्चक भावभङ्गिमापूर्ण तरङ्ग पाएँ। ‘उमेरले शरीर बुढो हुन्छ, मन बुढो हुँदो रहेनछ,’ प्रमाणित गर्दोछ।

यी अभिव्यक्तिहरूले झसझस उस्कायो मलाई। उनन्नब्बेऔं वर्षगाँठ मानिसक्दा यस्तो तरङ्गले तरङ्गित गर्छ। मन यौवनमत्ता वयस्कलाई त सुन्दर नृत्यले तरङ्गित गर्दो नहोऊन् किन र कसरी? नेपाली र नेपाल भाषामा ‘म्ह बु¥हा जूसाँ मन ल्यायम्हो तिनी’ शरीर बुढो भए पनि मन त तन्नेरी नै। मदनकृष्ण श्रेष्ठजीको आसक्ति उत्तेजनामूलक गायन सम्झाउँछ पलपल।

प्रकृतिको लीला यस्तै छ। अपरम्पार महिमा। दया चल्छ नै यस मामलामा कसको कथैबरा? 
सररर घुमेर गीति कविता योवनमत्ता उत्तेजनात्मक रचना लाग्छ, गीति कविता सरस रासलीला मात्र।

भावुक भएर वाचन गर्नुपर्दो हुन्छ, भावधारा टप्किन्छ सरसर आजीवन। मेरो मनमा लागेका गीतभजन र नेवाः म्ये चिनाखँ संग्रहभित्रको ‘सररर घुमेर मुक्तक’ पढ्दा उन्मत्त भैरव लीला झलझलाकार हुन थाल्छ। शाश्वत सत्य यो प्रकृतिको। प्रकृतिलाई पराजित गर्ने सामथ्र्य प्राकृत जीवात्मामा रहेको हुन्न। अन्तिम सत्य प्रकृतिसितै लीन हुनुसिवाय अरू के नै? प्रकृति हाम्रो सर्वोपरि प्रणेता। सरसवती सरस्वती।

सम्मोहन गीत गायनका शब्द संयोजन र भाव विन्यासमा गुन्जिन्छ कलाकार लयदार स्वरध्वनि विज्ञानका विज्ञको कर्मठ भूमिका हुन्छ। गीतकार लहडभित्रका अहम्लाई धन्यधान्य तुल्याउँछ।

 गीतकार बन्न रुचाउने जोकोहीले राख्नुपर्ने हेक्का ठान्छु। गीतको हेक्का भावुक–भावमय बन्नु सर्वथा औचित्य मानिन्छ। भन्दै गर्दा सम्झन्छु स्व. अग्रज पारसमणि प्रधान। दार्जिलिङवासी बनी अन्तरङ्ग नेपाल र आमा नेपाल भावनाका उहाँका एक कविता झल्यासिन्छ। लेख्नुहुन्छ उहाँ, ‘शब्द थुपरीकन पो के हुन्छ? भाव भए पो हुन्छ।’

गीतको सम्मोहन भावनामा रुमलिएको हुन्छ। मननयोग्य मानिन्छ– संगीत विधाका अनुयायीका पौष्टिक खजाना बनून्। कामना यो मनोभावना!

गीतसंगीत भावनात्मक अभिव्यक्तिका समिश्रित अभिव्यञ्जना। भावनात्मक अभिव्यञ्जना गीति कवितामा चेतनामय प्रहर उदय गर्दोहुन्छ। चेतनाले अन्तर चेतनाको मूल फुटाउँछ। चेतनाको मूल भन्नु अन्तरमनको प्रफुल्लित तरङ्ग।

तिनै अन्तरतरङ्गले मन मस्तिष्कलाई तरङ्गित गर्छ। भावनाको लहर उर्लिन्छ। बुर्लुक्क बुर्लुक्क बुर्लुकिन्छ। मनमस्तिष्कबाट प्रस्फुरिटिन्छ आफैं।

 यसरी त्यसरी स्फुरित मनका तरङ्गित अन्तरवेग भावनाका संवेग–सम्मोहले गीतिकविता स्फुरण हुँदोछ। सम्हालेर व्यक्त गरिन्छ जब गीति अभिव्यञ्जना बन्छ। सरल, सिधा अभिव्यक्तिभन्दा हुन्छ प्रखर सम्हालिँदै दिएको अभिव्यक्ति मुटु छुने, गीति शब्द व्यञ्जना। लेख्ने अभिव्यञ्जनाका अनुरागीका हृदय कम्पन गीति भावाभिव्यक्ति बनेर प्रस्फुरित हुन्छ।

राजभण्डारीज्यूका ‘मेरा मनमा लागेका’ सँगालोभित्रका प्रायः सबै रचना पाशविक अनुभूतिप्रधान छन्। पाशविक तृष्णा सम्पूर्ण प्राणीजगत्का अन्तरंग नै रहेका छन्। यो प्राणीजगत्का शास्वत स्वरूप हुन्।

२०९४ वैशाखमा यस धरती अवतरण हुनुभएका चेतभित्रका कौतूहल बीसबाईसे यौवना हुटहुटीमा समानता अनुभूत हुन सक्छ। हिमाल, पहाड, खोंच, तराई, मधेस, उचाइ, समथर एक समान अणुप्राषित रहेकै हुन्छन्।

यस्तै यस्ता अनुभूतिले अनुप्राणित हामी सामाजिक प्राणीजगत्को साझा सम्पदा बनेको छ। भावुकताले भावात्मक आवेश लिपिबद्ध गराउँछ। भावुकताविहीनहरू उत्तेजित हुन्छन्। आउँछन् आवेशमा। बन्छन् बेला न कुबेला बेलगाम। पर्छन् आफ्नै कुकर्मका फन्डामा सहजै!   

प्रकाशित: २० माघ २०८० ०९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App