नेकपा एमालेकी नेतृ विद्या भट्टराई आगामी निर्वाचन नलड्ने भएकी छन् । पूर्वमन्त्रीसमेत रहेकी कास्की क्षेत्र नम्बर २ की निवर्तमान सांसद विद्या भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्।
पार्टीको क्षेत्रस्तरीय कमिटीले उम्मेदवारको नाम सिफारिस गर्दा भट्टराईको नाम समावेश नभएपछि उनले आफैँले उम्मेदवार नबन्ने घोषणा गरेको बताइन ।
यसअघि नै आफूले निर्वाचन नलड्ने भनेको उल्लेख गर्दै उनले दुई पटकभन्दा उठ्दिन भनेर तेस्रो पटक चुनाव नलड्ने घोषणा पहिले नै गरेको बताएकी छन् । आफ्नो घोषणा अनुसार नै पार्टीले नाम सिफारिस नगरेको पनि उनले बताइन् ।
२०७९ को निर्वाचनलगत्तै उपरान्त चुनाव नलड्ने जानकारी नेताहरूलाई आफूले गराइसकेको भट्टराईले बताएकी छन् ।
तत्कालीन पर्यटन मन्त्री श्रीमान् रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमार्फत विद्या भट्टराईले सक्रिय राजनीतिमा पुनरागमन गरेकी थिइन् । पहिलो उपनिर्वाचन र त्यसपछिको २०७९ को आम निर्वाचन गरी उनी दुई पटक सोही क्षेत्रबाट सांसद भइन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा शिक्षा मन्त्री बनेकी उनले बीचमै राजीनामा गरेकी थिइन।
प्रकाशित: १९ पुस २०८२ १९:०९ शनिबार





