२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

नेपाल स्रष्टा समाजले गर्‍याे सैंत्तीस वर्षपछि निबन्ध गोष्ठी

नेपाल स्रष्टा समाजले सैंत्तिस वर्षपछि काठमाडौंमा निबन्धको गोष्ठी आयोजना गरेको छ। समाजको सत्रौं स्थापना दिवसको उपलक्ष्यमा आयोजित साप्ताहिक कार्यक्रमअन्तर्गत पुस १५ गते निबन्ध गोष्ठी गरिएको हो। २०४३ साल वैशाख ३ गते सिसासले नेपाल भारत सांस्कृतिक केन्द्रमा निबन्ध वाचनको आयोजना गरेको थियो।

निबन्ध गोष्ठीमा प्रमुख अतिथि डा.माधवप्रसाद पोखरेलले दशकौंपछिको रिक्ततापछि भएको निबन्ध गोष्ठी निबन्धप्रतिको आकर्षण बढाउने बताए।

प्राडा गोविन्दराज भट्टराईले निबन्धको तागत बढिरहेको बेलामा यो गोष्ठीको ऐतिहासिक महत्त्व रहेको बताए।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले आत्मपरक निबन्ध लेखन र निबन्धकारहरूको संख्या बढ्दै गएको भए पनि निबन्धका कुनै कार्य हुन नसकेकाले गोष्ठीको आयोजना गरेको बताए।

कार्यसमितिका सदस्य मधु पाठकले स्वागत गरेको कार्यक्रममा प्राडा कुमारप्रसाद कोइराला लगायतको उपस्थिति रहेकाे थियो।

उक्त गोष्ठीमा डा.माधव पोखरेल, मोमिला, भीष्म उप्रेती, मित्रलाल पंज्ञानी, डा.गीता त्रिपाठी, डा. रजनी ढकाल, ज्ञानेन्द्र विवश, कुमारी लामा, मुकुन्दराज शर्मा, टङ्क उप्रेती, ज्ञानु अधिकारी, श्रीबाबु कार्की, मोहन चापागाई, रन्जना निरौला र श्रीओम श्रेष्ठ ‘रोदन’ निबन्ध वाचन गरेका थिए।

पुस १६ गते प्राडा अभि सुवेदीकाे प्रमुख आतिथ्यमा नेपाल प्रज्ञाप्रतिष्ठानमा दिउँसो १ बजेदेखि कार्यक्रम हुने भएकाे छ। कार्यक्रममा सत्रौं वार्षिक सभा तथा २०८० को सुभद्रा विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि गोविन्दराज विनोदीलाई प्रदान गरिंदै छ।

नियमित कार्यक्रम अन्तर्गत पाँचाै दिन पुस १७ गते दिउँसो १२.३० बजेदेखि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यमा प्रेस काउन्सिल नेपालको सभाकक्षमा साहित्यिक पत्रिकामा भाषिक एकताका लागि गोष्ठी हुने भएकाे छ।

त्यस्तै छैटाैं दिन पुस १८ गते दिउँसाे १ बजेदेखि बाैद्धस्थित अरुणिमा उच्च माध्यमिक विद्यालयमा स्रष्टासँग विद्यार्थीहरूकाे अन्तर्क्रिया हुने भएकाे छ।

पुस १९ गते वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माकाे प्रमुख अतिथ्यमा समाजकाे सप्ताहव्यापी कार्यक्रमकाे समीक्षासहित नेपाल सष्टा समाजकाे सप्ताहव्यापी कार्यक्रमकाे समापन हुँदै छ। 

प्रकाशित: १६ पुस २०८० ०५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App