१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

प्रमुख आयुक्तको ‘म गाउँ फर्किन्छु’ कविता संग्रह लोकार्पण

‘म गाउँ फर्किन्छु’ कविता संग्रह लोकार्पण गर्दै। तस्बिर : नागरिक

गीतकार तथा कवि दिनेश थपलियाको ‘म गाउँ फर्किन्छु’ कविता संग्रह शनिबार लोकार्पण भएको छ।

निर्वाचन आयोगको प्रमुख आयुक्त समेत रहेका थपलियाको कविता संग्रह इटहरीमा भाषाविद् प्राध्यापक डाक्टर टंक न्यौपाने, इटहरीका मेयर हेमकर्ण पौडेल, कवि अनिल पौडेललगायतले संयुक्त रुपमा लोकार्पण गरेका हुन्।

४० वर्षको सार्वजनिक सेवामा रहदाभोगेका र घटेका घटनालाई उत्तारेका ३३ वटा कविता संग्रहमा समावेस गरिएको छ। कार्यक्रममा प्राध्यापक न्यौपानेले राष्ट्र सेवकहरु पनि असल साहित्यकार बन्न सक्ने बताए। ‘साहित्यकार हुन पदीय जिम्मेवारीले रोक्दैन, राष्ट्र सेवक असल साहित्यकार भए प्रशासन पवित्र ढंगले सञ्चालन हुन्छ,’ उनले भने।

त्यस क्रममा थपलियाले नेपाली साहित्यमा योगदान पु¥याउनभन्दा पनि आफ्नो मुख्य रुचीको विषय भएकाले गर्दा पहिलो कविता संग्रह सार्वजनिक गरेकोे बताए

 ‘मेरो सार्वजनिक सेवा अवधिमा समाजमा घटीरहेका घटना र परिवेसले आत्मालाई उद्येलित बनाएपछि त्यसबाट उछिटिएका बाछिटा कवितामार्फत उत्तारेको हुँ,’ उनले लोकार्पण कार्यक्रममा भने। उनको कविता संग्रहमा २०४० सालदेखि २०६३ सालसम्म उनले जुन(जुन जिम्मेवारी लिएर जहाँ(जहाँ पुगे तिनै घटना परिवेसलाई कवितामा उत्तारेका छन्।

कार्यक्रममा इटहरीका मेयर पौडेल, समालोचकद्वय डा. दीपक न्यौपाने र टीका आत्रेय, कवि अनिल पौडेललगायतले बोलेका थिए। कविता संग्रह आच्छा राई रसिक साहित्य प्रतिष्ठान इटहरीको आयोजनामा भएको थियो।

प्रकाशित: १५ पुस २०८० ०३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App